१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै अख्तियारविरुद्ध जसपाको प्रदर्शन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै अख्तियारविरुद्ध जसपाको प्रदर्शन

धनुषा ,१७ असाेज ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित प्रदेश २ का ८ वटै जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गरेका छन् । प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार लागेको भन्दै जसपाले जनकपुरधामको मोटरसाइकल –यालीसहित नगर परिक्रमा गरेको हो ।

जनकपुरधामको रेल्वे स्टेशनबाट निकालिएको सो जुलुसले भानु चोक, कदम चोक, विद्यापति मुरलीसर चोक,विश्वकर्मा चोक, जिरोमाईल, बजरङ्ग चोक, रामानन्द चोक हुँदै पिडारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा जसपाका नेताहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।

जसपाले अख्तियार विरुद्ध सप्तरीको राजविराज, सिरहाको लहान, महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा, बाराको कलैया, रौतहटको गौर र पर्साको वीरगन्जमा पनि जुलुस प्रदर्शन गरेको छ । बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारको टोलीले गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारी विभिन्न फाइलहरू समेत नियन्त्रणमा लिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.