१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
धनकौलमा आन्दोलित विद्यार्थी र प्रहरी बिच झडप हुदाँ एक प्रहरी घाईते – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

धनकौलमा आन्दोलित विद्यार्थी र प्रहरी बिच झडप हुदाँ एक प्रहरी घाईते

सर्लाही,२० असोज । सर्लाहीको धनकौल गाउँपालिकामा विद्यालयमा साईकल वितरण र व्यवस्थापन समिति गठनको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित बनेको छ । बुधवार धनकौल गाउँपालिका वडा नं. ५ मा रहेको श्री जनता मा. बि. हरकठवाका विद्यार्थीहरुले विद्यालयमा साईकल वितरण अनियमित तरिकाले भएको ,व्यवस्थापन समिति गठन समयमै नभएको भन्दै गाउँपालिका घेराउ गर्न गएका थिए ।

गाउँपालिका घेराउ गर्ने क्रममा प्रहरी र आन्दोलित विद्यार्थी बिच झडप भएको छ । गाउँपालिका घेराउको क्रममा कक्षा ७ मा अध्यनरत रुपा यादव र कक्षा ८ मा अध्यनरत सुवाश यादवलाई प्रहरीले कुटेपछी आन्दोलित विद्यार्थीहरुले ढुंगामुढा गरेका थिए । विद्यार्थी ढुंगामुढा गर्दा झडपमा परी हरकठवा चौकीका प्रहरी हवलदार राजेश सिंह घाईते भएको धनकौल गाउँपालिकाका स्थानिय मुकेश यादवले जानकारी दिए।

यादवका अनुसार बिगत दुइ वर्ष देखि जनता मा. बि. हरकठवामा व्यवस्थापन समितिको पद रिक्त रहेको थियो । व्यवस्थापन समितिको लागि सातौ पटक बैठक बसी अभिभावकहरुले बिन्देश्वर राउतलाई व्यवस्थापन समितिको अध्यक्षमा चुने पनि गाउँपालिकाले स्विकृती नदिएको हुदाँ विद्यार्थीहरु आन्दोलित बनेको स्थानीय यदावले जानकारी दिए । राजनैतिक किचलो तथा आ-आफनो विद्यालयमा प्रतिनिधि राख्ने मनसायका कारण यस्तो समस्या आएको यादबले जानकारी दिए ।

यसैगरी धनकौल गाउँपालिकाकका अध्यक्ष रामआश्रय साहका अनुसार आन्दोलित विद्यार्थीहरुको भिडमा विद्यालयको विकास देख्न नसक्ने व्यक्तिहरु पसी ढुंगामुढा गरेको गाउँपालिका अध्यक्ष साहले बताए ।विद्यार्थीको भिडमा पसी ति विकास विरोधी व्यक्तिहरुले ढुंगा हान्दा प्रहरी हवलदार घाइते भएको गाउँपालिका अध्यक्ष साहको भनाई रहेकको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.