१४ श्रावण २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा सात जना पत्रकार सम्मानित – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा सात जना पत्रकार सम्मानित

गोडैता,२२ असोज ।सर्लाहीमा सात जना पत्रकार सम्मानित भएका छन । सर्लाहीको गोडैता नगरपालिका वडा नं। ५ रामवनमा साईकल वितरण तथा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सर्लाहीका पाँच र रौतहटका दुइ जना पत्रकार गरी सातजना पत्रकार सम्मानित भएको छ ।

श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक अधारभुत विद्यालयको आयोजना तथा विद्यालयका अध्यक्ष कृष्ण मोहन महतोको अध्यक्षतामा विद्यार्थीहरुलाई साईकल वितरण तथा दशैको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।

सम्मानित हुने सर्लाहीका पत्रकारहरु टंक क्षेत्री, विश्वनाथ ठाकुर, संन्तोष सिंह, बन्दना झा र राधेश्याम कुशवाहा रहौको छ भने रौतहटका संजय साह मित्र र राजु श्रीवास्तव रहेको छ।

शिक्षा क्षेत्रमा निरन्तर कलम चलाउदै उदाहरणीय कार्य गरेको भन्दै ती ७ जनै पत्रकारहरुलाई शिक्षा सम्मान २०७८ बाट सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले जानकारी दिए । यसैगरी कक्षा ८ मा अध्यन्रत २३ जनालाई छात्राहरुलाई साइकल समेत वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह, नेपाली कांग्रेसका प्रदेश नं। २ का प्रमुख सचेतक तथा प्रदेश सांसद उपेन्द्र प्रसाद कुशवाहा, गोडैता नगरपालिका नगर प्रमुख देवेन्द्र यादव, बरहथवा नगरपालिका नगर प्रमुख देवानन्द महतो, बवबरीया गाउँपालिका अध्यक्ष रामअयोध्या यादव ,धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साह, रामनगर गाउँपालिकाका अध्यक्ष नितु यादव लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button