२९ बैशाख २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वामा नगर स्तरीय बाल क्लब गठन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वामा नगर स्तरीय बाल क्लब गठन

सर्लाही,३१ श्रावन ।सर्लाहीको हरिपुर्वा नगरपालिकामा नगर स्तरीय बाल क्लब गठन गरिएको छ । नगर स्तरीय बाल भेलाबाट अंगेस साहको अध्यक्षतामा ९ सदस्य हरिपुर्वा नगर स्तरीय बाल क्लब गठन गरिएको छ । वागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजन इन्टरनेशलको सहयोग र हरिपुर्वा नगरपालिकाको आयोजनामा साहको अध्यक्षतामा ९ सदस्य बाल क्लब गठन गरिएको बागमती सेवा समभाथ नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनुभयो ।

नगर स्तरीय बाल क्लबको उपाध्यक्षमा साहीन खातुन, सचिवमा उज्वल साह, सह सचिवमा अरुन कुमार राम,कोषाध्यक्षमा पुष्पा कुमारी पासवान लगायत ९ सदस्य नगर स्तरीय बाल क्लब गठन गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । संस्थाका अध्यक्ष कार्कीका अनुसार हरिपुर्वा नगरपालिकाको वडा नं. १ देखि ९ सम्म वडा स्तरीय बाल क्लब गठन गरिएको छ ।

मंगलवार ९ वटै वडाका वडा स्तरीय बाल क्लबका पदाधिकारीहरुको भेलाले नगर स्तरीय बाल क्लब गठन गरेको हो । वडा स्तरीय बाल क्लब र नगर स्तरीय बाल क्लबले बालबालिकाको समस्या र समाधानको लागि सम्बन्धि पक्ष सँग संवाद गरी समस्या समाधान गर्ने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यसैगरी वडा नं. ४ का वडा अध्यक्ष नाेखेलाल रायको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा बाल भेला तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । अन्तरक्रिया कार्यक्रम नव गठित नगर स्तरीय बाल क्लबका पदाधिकारीहरु तथा छात्र छात्राहरुले प्रमुख जिल्ला अधिकारी गौतम, हरिपुर्वा नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष लगायत विभिन्न व्यक्तिहरुलाई बालबालिका प्रति भइरहेको दुर्वव्यवहार, दुर्वव्यवहार सम्बन्धी कानुनी व्यवस्था, बालबालिकाको लागि नगरपालिकाले आफनो बजेटमा समेटेका कुरा, लागुपदार्थ ओसार पसार, लिंगको आधारमा गरिने विभेद, बालबिवाह रोकन पालिकाले के कदम चालदै छ , दाइजो प्रथा कसरी अन्तय हुन्छ लगायतका विभिन्न प्रश्नहरु गरेका थिए ।

नव गठित नगर स्तरीय बाल क्लबका पदाधिकारीहरुको जवाफ प्रजिअ गौतम तथा जनप्रतिनिधिहरुले क्रमश दिएका थिए ।जवाफकै क्रममा प्रजिअ गौतमले आफु सँग समाधान हुने हरेक समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रजिअ गौतमले बालबालिकाको प्रस्तुति प्रश्न गर्ने शैलीले मन नै छोयो, बालअधिकार जातीय बिभेदको कुरा गर्छौ तर जति मानिस छ सबै बराबर हो सबैलाई सम्मान पूर्ण बाच्ने अधिकार हुनुपर्छ ।

हामी कानुनी तथा दस्तावेजको हिसाबले कम छैन । संविधान ऐनमा लेखेको कुरा बजेट मार्फत कार्यनयन गर्नुपर्नेछ ।कानुन कार्यनयन हामी कमजोर छौ बजेट मार्फत कार्यनयन गर्नुपर्छ । हामी सबैले आवाज उठायौ भने कार्यनयन प्रजिअ गौतमले धारणा राख्नुभयो ।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष राम सोगारथ राय,कार्यपालिका सदस्य देवकला माझी ,वडा न ९ वडा सदस्य बिल्टु राय, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुर,शिक्षक गंगाराम राय, शिक्षा शाखा प्रमुख जनक काफ्ले,वडा नं ८ का वडा अध्यक्ष रामेश्वर यादव, हरिपुर्वा नगरपालिकाका अधिकृत कुमार परियार लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.