१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पलाटिना खरिद गर्दा १० लाख उपहार – Nigrani Today
अर्थ वाणिज्यताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पलाटिना खरिद गर्दा १० लाख उपहार

प्रेमनाथ पौडेल । लालबन्दी,२४ असोज । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको रितिक ईन्टरप्राइजेजमा पालाटिना १ सय सिसिको मोटरसाइकल खरिद गर्दा लालबन्दी नगरपालिका वडा नं.२ नेत्रगंज बस्ने बिटु कुमार गुप्ताले रु. १० लाख उपहार जित्नुभएको छ।

बजाजको दशै तिहार तथा छठ पर्वलाई लक्षित गरी ल्याएको नयाँ योजनामा गुप्ताले लक्की ड्र मार्फत आइतवार रु. १० लाख जितेको रितिक इन्टर प्राइजेज लालबन्दी शाखा प्रमुख समिर सापकोटाले जानकारी दिनुभयो ।

रितिक ईन्टरप्राइजेजले समय समयमा बजाजको नयाँ नयाँ स्किम ल्याउने गर्दछ सो स्किम अन्तर्गत लालबन्दी नगरपालिका वडा नं. १७ रानिगंज बस्ने निरा कुमारी हेन्जनले पनि केही दिन अघि रु. ५७ हजार उपहार जित्नुभएको थियो ।

बजाजको दशै तिहार तथा छठ पर्वलाई लक्षित गरी थ्रि डोज अफर अन्तर्गत पहिलो र दोस्रो डोज गरी मोटरसाइकल खरिद गर्नेहरुलाई उपहार पर्ने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.