हरिपुरमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

हरिपुर,२५ असोज । सर्लाहीको हरिपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरु बिच शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । हरिपुर नगरपालिकाको आयोजना तथा हरिपुर नगर प्रमुख जमेरुदिन मंसुरको प्रमुख आतिथ्यतामा जनप्रतिनिधि तथा कर्मचारीहरुले बिजया दशमी, शुभ दिपावली, छठ, ल्होछार,महरम र नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
शुभकामना अदान प्रदान कार्यक्रममा हरिपुर नगरपालिकाको उपमेयर रेणुका देवी काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राज कुमार दास, वडा नं. २ का वडा अध्यक्ष रिखेश्वर कडरीया, वडा नं. ७ का वडा अध्यक्ष हृदयनारायण पजियार, प्रशासन शाखा प्रमुख रुपलाल देवकोटा, स्वास्थ्य शाखा प्रमुख बिकाउ महतो, वडा सदस्य तथा नगरपालिकाभरीको कर्मचारीहरुको उपस्थिति रहेको हरिपुर नगरपालिकाका सूचना प्रविध अधिकृत आन्नद हरी मैनालीले जानकारी दिनुभयो ।