१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल – Nigrani Today
लुम्बिनी प्रदेश

मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन विस्तृत छलफल

 

 

कृष्णनगर, कार्तिक ६

 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको निवास कृष्णनगरमा मदरसा शिक्षा लाई शिक्षाको मूल धारमा कसरी ल्याउन सकिन्छ र मदरसाको विकासका बारेमा विस्तृत छलफल समपन्न भएको छ l

 

नेपालमा मदरसा शिक्षाको अवस्था, मदरसा शिक्षाको विकास, मदरसा शिक्षा लाई राज्यको मूल धारमा समायोजन कसरी गर्न सकिन्छ, मदरसा शिक्षाको व्यवस्थापन लगायत मदरसा शिक्षाको सरोकार वाला तथा सरकार लाई मदरसा शिक्षा प्रति ध्यानाकर्षण गराउने जस्ता बिषयमा छलफल गरिएको थियोl

 

नव नियुक्त शिक्षा विज्ञान तथा प्रविधि मंत्री देवेन्द्र पौडेल बाट मुस्लिम समुदायले मदरसा शिक्षा लाई मूल प्रवाहिकरणमा ल्याउन तथा मदरसामा अध्यापन गराउदै आएका मौलाना हरूलाई शिक्षक दरबन्दी कायम गरि सामुदायिक विद्यालयको शिक्षक सरह सेवा सुविधा दिनु हुनेछ भन्ने आस राखेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली ले बताउनु भयो l

 

उक्त छलफलमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, प्राध्यापक तथा शिक्षाविद डा. विद्यानाथ कोईराला, प्राध्यापक डा. अब्दुल कय्यूम, पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खां, पूर्व विद्यालय निरिक्षक नुरूलहक मिकरानी, पूर्व जन स्वास्थ्य अधिकृत ताहिर हुसेन मिकरानी, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य डा. मोहम्मद मजहर खां, असरफ खां लगायतको उक्त छलफलमा सहभागिता रहेको थियोl

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.