१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
खैरामा स्वास्थ खेलकुद तथा शैक्षिक सामग्री वितरण – Nigrani Today
खेलकुदताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाजस्थानीय

खैरामा स्वास्थ खेलकुद तथा शैक्षिक सामग्री वितरण

अनिता साह
ईश्वरपुर,१३ कार्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १० खैरामा स्वास्थ खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ।जनशक्ति युवा क्लबको आयोजना तथा क्लवका अध्यक्ष बिषुण दयाल चौधरीको अध्यक्षतामा स्वास्थ खेलकुद तथा शैक्षिक सामग्री कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी मनोज आचर्यले वितरण गरेका थिए ।

समाजसेवी आचर्यले स्थापना गरेको मनोज आचार्य फाउण्डेशन ईश्वरपुर ३ तिनघरिया बाट प्रौढहरुको लागि विभिन्न औषधी,खेलाडीहरुका लागि खेलकुदमा प्रयोग हुने चार क्लबलाई ४ थान ड्रेस तथा ५० जना विधार्थीहरुको लागि औजार बक्स,कपी,डटपेन लगायतका शैक्षिक सामग्री वितरण गरेको समाजसेवी नाथुराम चौधरीले जानकारी दिए।

स्वास्थ खेलकुद तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा मन्तव्य दिनु हुँदै समाजसेवी आचार्यले आफु खेल प्रति धेरै नै आकर्षित भएको हुदा सानो सहयोग स्वरुप यो खेलकुद सामग्री खेलाडीहरुलाई दिएको बताए। ईश्वरपुरमै भएको फुटबल टुर्नामेण्टमा कतिपय खेलाडीलाई ड्रेस अभावको समस्या देखेर ड्रेस समस्या समाधानका लागि यो खेलकुद सामग्री वितरण गरेको आचार्यले बताए ।

चुनाबको बेला मात्र समुदाय भोटरलाई चिन्ने गरेकोछ तर यो परिपाटी उलत हो आफु चुनाव आएर यस्तो कार्य गरेको छैन ।आफु यो समुदायकै छोरा भएको कारण सानो सहयोग गरेको आचार्यले बताए ।

विधार्थी,खेलाडी,वृधा उपर राजनीति गर्नु हुदैन।यिनिहरु उपर राजनीति हुन थाल्यो भने खेलकुदका क्षेत्र तथा गुणस्तरीय शिक्षाको विकास नहुने आचार्यले मन्तव्य दिएका थिए। उहाले वडा नं ८,९,१०,११ का वडा वासीहरुमा स्वास्थ्य सेवामा सहज पहुच होस उदेश्यका साथ वैशाख सम एमबुलेन्स समेत प्रदान गर्ने घोषणा गरेका छन ।

आचार्यले खेलाडीलाई खेल खेल्न सहजताको लागि जग्गा छ भने फिल्ड पनि बनाउने घोषणा गरेको छ।त्यस्तै कार्यक्रममा सहभागीहरुले शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान समेत गरेका थिए ।

कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष रामदुलार साह,वडा सचिव प्रमेन्द्र चौधरी, समाजसेवी जोगनारायण चौधरी,नेपाली कांग्रेसका नेता नारायण बस्नेत, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएका समाजसेवी रामविश्वास चौधरी, समाजसेवी रासनारयण चौधरी,लक्ष्मण चौधरी,महेन्द्र महतो,समाजिक सुधार बाल क्लब अध्यक्ष रबिना कुमारी राम,बाल क्लयाण बाल क्लब अध्यक्ष निराजन कुमार चौधरी लगायत वृधवृधा ,विधार्थी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.