१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
गोडैतामा आपतकालीन पौष्टिक आहार वितरण हुदैँ, २४५७ जनाले पाए पौष्टिक आहार – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

गोडैतामा आपतकालीन पौष्टिक आहार वितरण हुदैँ, २४५७ जनाले पाए पौष्टिक आहार

गोडैता,१४ कार्तिक । सर्लाहीको गोडैता नगरपालिकामा आपतकालीन पोषण कार्यक्रम सुरु गरिएको छ। युके.एड. तथा यु.एन.डब्लु.एफ.पी को आर्थिक सहयोगमा लाईफ नेपालले गोडैताका गर्भवती, प्रसुति महिला र ६ महिना देखि २३ महिना समको बालबालिकाहरुलाई आपतकालीन पोषणयुक्त पिठो वितरण गरिरहेको छ ।

१२ वटा वडा रहेको गोडैता नगरपालिकामा आइतवार सम्म वडा नं. १ देखि ९ सममा २ हजार ४ सय ५७ जना गर्भवती, प्रसुति महिला र ६ महिना देखि २३ महिना समको बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ ।

२ हजार ४ सय ५७ जना गर्भवती, प्रसुति महिला र ६ महिना देखि २३ महिना समको बच्चा समेत गरी १४.७४२ मेट्रिक टन अर्थात १४७४२ केजी पोषणयुक्त पिठो वितरण गरिएको लाईफ नेपालले जनाएको छ ।

सोमवार गोडैता नगरपालिका वडा नं. १०, ११ र १२ मा गरी १०९६ गर्भवती, प्रसुति महिला र बालबालिकाहरुलाई पोषणयुक्त पिठो वितरण गरिने लक्ष्य रहेको लाईफ नेपाल सर्लाहीका बिएसएफपी गोडैता नगरपालिकाका सुपरभाइजर खुश्बु कुशवाहाले जानकारी दिएकी छिन ।

गर्भवती, प्रसुति महिला र ६ महिना देखि २३ महिना समको बालबालिकाहरुलाई प्रायजसो ग्रामिण क्षेत्रमा पौष्टिक आहारको कमि भइरहेको अवस्थालाई मध्य नजर गर्दै लाईफ नेपालले पौष्टिक आहारको पुर्ति गर्ने उदेश्यले आपतकालीन पोषणयुक्त पिठो वितरण गरेको सुपरभाइजर कुशवाहाले बताइन ।

पोषणयुक्त पिठो वितरण कार्यक्रममा लाईफ नेपालका मोनिटरिंग अफिसर प्रकाश शर्मा, लाईफ नेपालका कार्यक्रम संयोजक हेली राई, यु.एन.÷डब्लु.एफ.पी का कार्यक्रम संयोजक विरेन्द्र प्रसाद गुप्ता लगायत स्थानिय स्वयमसेविकाहरु तथा स्थानियहरुको उपस्थिति रहेको लाईफ नेपालले जनाएको छ ।

सर्लाहीको बलरा, गोडैता,हरिपुर, कविलासी नगरपालिका र सर्लाहीकै कौडेना चक्रघट्टा गाउँपालिका गरी ६ पालिकामा लाईफ नेपालले पोषण कार्यक्रम सुरु गरेको छ जसमध्ये चक्रघट्टा र हरिपुरमा कार्यक्रम सम्पन्न भइसकेको छ भने गोडैता नरपालिकामा सोमवार सम्पन्न हुने लाईफ नेपालले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.