१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिस्ठानले दिए १ सय ४८ विद्यार्थीहरुलाई स्कुल ब्याग – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिस्ठानले दिए १ सय ४८ विद्यार्थीहरुलाई स्कुल ब्याग

ईश्वरपुर,१४ कार्तिक । सर्लाही ईश्वरपुर नगरपालिका वडा न.– १२ पिपलदमार स्थित जनता आधारभूत बिध्यालयमा अध्यनरत विद्यार्थीहरीलाई स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिस्ठानले शैक्षिक सामग्री राख्ने स्कुल ब्याग वितरण गरेको छ ।

लालबन्दी नगरपालिका वडा नं. ४ मा रहेको स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिस्ठानले आइतवार ईश्वरपुर–१२ मा रहेको आधारभूत बिध्यालयमा अध्यनरत १ सय ४८ छात्र तथा छात्राहरुलाई शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको विद्यालयले जनाएको छ ।

विद्यास्वोर्णिका श्रेष्ठ स्मृति प्रतिस्ठानका संरक्षक श्याम श्रेष्ठले विभिन्न वयक्तिहरुको उपस्थितिमा शैक्षिक सामग्री बोक्ने विद्यालय झोला बितरण गरेको विद्यालयले जनाएको छ । यसअघि पनि स्वोर्णिका श्रेष्ठ स्मृति प्रतिस्ठानले लालबन्दी लगायत अन्य विभिन्न ठाउँमा स्कुल ब्याग तथा शैक्षिक सामग्रीहरु वितरण गरिसकेको छ ।

ब्याग वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कमल बुढाथोकी, रामप्रीत यादव,. लेखराम जर्गामगर, सुरेन्द्र गोले , ईश्वरपुर नगरपालिका कमिटी योङ्ग कम्युनिस्ट लिग नेपालका अध्यक्ष सन्तोष पुलामी, स्थानीय समाजसेवी जुवन साकार ,खेलकुद महासङ्गका केन्द्रिय सदस्य सचिव, स्कुल ब्यबस्थापन समिति अध्यक्ष बिर्ख बहादुर डिमडङ्ग, विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर बम्जन , समाजसेवी शिक्षक रामजी खनाल लगायतका विद्यालयका अन्य शिक्षकहरु र अभिभावकहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.