१२ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही सहित प्रदेश २ मा धनतेरस पर्व मनाईयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही सहित प्रदेश २ मा धनतेरस पर्व मनाईयो

सर्लाही,१६ कार्तिक ।सर्लाही सहित प्रदेश २ मा मंगलबार धनतेरस पर्व मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन मंगलबार मिथिला क्षेत्रमा धनतेरस मनाइएको छ ।

दीपावलीको पहिलो दिन मंगलवार धातुका नयाँ सामान जोडेर धनतेरस मनाइएको चन्द्रनगर गाउँपालिका वडा नं. १ बस्ने स्थानिय युवा रामेश यादवले जानकारी दिए ।कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई तराई मधेशमा ‘धनतेरस’ भनिन्छ ।

यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ । मंगलवार बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ भएको थियो। घरघरमा धनतेरसका दिन साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ ।

मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चाङ्गमा धनतेरसका दिन नै धनतेरस उल्लेख रहेको छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाताहरु बताउँछन् ।मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button