३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
किसनपुरमा ६६ लाखको लागतमा विद्यालय भवन निर्माण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

किसनपुरमा ६६ लाखको लागतमा विद्यालय भवन निर्माण

सर्लाही,७ चैत्र । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ किसनपुरमा रहेको जन्ता माध्यमिक विद्यालयमा ६६ लाखको लागतमा विद्यालय भवन निर्माण भएको छ ।विद्यालय भवन सोमवार मधेस प्रदेशका प्रदेश सभा सदस्य उपेन्द्र महतोले उद्घाटन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक श्याम महतोको अध्यक्षता तथा प्रदेश सभा सदस्य महतोको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय भवनको अभावमा विद्यालयमा पठन पाठन गराउन समस्या भैरहेको थिया,े विद्यालय भवन निर्माण भइ सकेपछि सहज भएको प्रधानाध्यापक श्याम महतोले बताउनुभयो ।

प्रदेश सभा सदस्य महतोले आफु क्षेत्र नं. १ तथा यो चन्द्रनगर गाउँपालिकामा सकेसम्मको विकास बजेट ल्याउने प्रतिवद्धता समेत गर्नुभयो । प्रदेश सभा सदस्य महतोले क्षेत्र भरीमा बजेट ल्याउने काम मेरो संरक्षण गर्ने कार्य जन्ताको हुने कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

विद्यालय भवन उद्घाटन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो,लाेसपाका नेता नागेश्वर महतो, वडा नं. १ का वडा अध्यक्ष बच्चे राय, वडा नं. ५ का अध्यक्ष नन्दलाल राय, नेकपा एमालेका प्रतिनिधि उदेन कुमार महतो, प्रअ लालबाबु यादव लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.