सर्लाही,२३ माघ । सर्लाही क्षेत्र नं. १ मा जन्ता समाजवादी पार्टी नेपाल निल हुने भएको छ । क्षेत्र न. १का सम्पुर्ण पदाधिकारी, ईश्वरपुर नगर कमिटीले सामुहिक राजिनामा दिएपछी जन्ता समाजवादी पार्टी निल भएको छ । आज एक कार्यक्रम गरी जन्ता समाजवादी पार्टी नेपाल क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सहित राम नरेश साहको नेतृत्वमा ५६ सदस्य कमिटीले राजिनामा दिएको छ । क्षेत्रीय अध्यक्ष साहले जन्ता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव,प्रदेश अध्यक्ष एवं प्रदेश इन्चार्जहरुप्रति असन्तुष्टी जनाउदै सामुहिक राजिनामा दिनुभएको छ । उहाँले जसपा नेपालमा केन्द्रिय अध्यक्ष यादवले मनोमानी ढङ्गबाट पदाधिकारी नियुक्त गरेको, सर्लाही जिल्लामा पदाधिकारी चयनमा काखापाखा गरेको आफुहरुको योग्दानको कदर नभएको हुदाँ सामुहिक राजिनामा दिएको साहले बताउनुभयो ।
क्षेत्रीय अध्यक्ष साह सँगै वरिष्ठ क्षेत्रिय उपाध्यक्ष रामबाबु यादव, उपाध्यक्ष रामचन्द्र साह, रामबिर महतो, सचिव अनिल कुमार यादव, सह सचिव पलटनिया देवी चौधरी,कोषा अध्यक्ष रामलाल महतोले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिनुभएको हो ।
यसैगरी जसपा नेपाल क्षेत्र १ (क) प्रदेश अध्यक्ष रामचन्द्र महतो, वरिष्ठ उपाध्यक्ष राम केवल माझी प्रदेश उपाध्यक्ष अलि हुसेन अंसारी,महिला उपाध्यक्ष भगबनीया देवी माझी, प्रदेश सचिव पलटनिया देवी चौधरी, प्रदेश सचिव राजकिशोर साह, प्रदेश सह सचिव प्रमोद साह,कोषाध्यक्ष गणेश ठाकुर लगायत विभिन्न पदाधिकारीहरुले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिनुभएको हो ।
यसैगरी जन्ता समाजवादी पार्टी नेपाल ईश्वरपपुर नगर अध्यक्ष बाहेक ३१ सदस्य सम्पुर्ण पदाधिकारी हरुले पनि रामुहिक राजिनामा दिएका छन ।
त्यस्तै आमन्त्रीतमा जिल्ला कार्य समिति उपाध्यक्ष मोहमद साविर मिकरानी, जिल्ला कार्यकारिणी सदस्य अमिरीलाल साह, महिला सदस्य रेखा मण्डल, महिला जिल्ला संघ अध्यक्ष रमिता महतो, जिल्ला सदस्य रामबचन प्रसाद साह, जिल्ला सदस्य निलम देवी महतोले पनि राजिनामा दिनुभएको छ ।
यस अघि माघ १७ गते पुर्व प्रतिनिधि सभा सदस्य तथा जसपा नेपालका केन्द्रिय सदस्य, प्रमोद साहले संगठन बिभाग र पार्टीको सधारण सदस्य समेत नरहने गरी राजिनामा दिनुभएको थियो ।
साहले केन्द्रिय अध्यक्ष,प्रदेश अध्यक्ष एवं प्रदेश इन्चार्जहरुप्रति असन्तुष्टी जनाउदै उहाले राजिनामा दिनुभएको थियो ।
त्यस्तै जसपा नेपालका जिल्ला अध्यक्ष बिरेन्द्र रायले पनि माघ ११ गते राजिनामा दिएको थियो ।
सर्लाहीमा जन्ता समाजवादी पार्टी नेपाल बाट राजिनामा दिनेको यतिबेला लर्को लागेको छ । यसरी राजिनामा हुने क्रम जारी रहयो भने सर्लाहीमा जसपा नेपालको सम्पुर्ण पदाधिकारीहरु नै निल हुने अनुमान गरिएको छ ।