३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
राष्ट्रिय एकता दिवस सर्लाहीमा पनि मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

राष्ट्रिय एकता दिवस सर्लाहीमा पनि मनाइयो

सर्लाही,२७ पुष । नेपाल एकीकरणका नायक राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।दिवसको अवसरमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ सर्लाहीले हरिवन ११ स्थित कृष्ण मन्दिर परिसरको सरसफाई गरी दिवस मनाएको हो ।

संघका अध्यक्ष भिमसेन थापाको अध्यक्षतामा एवम् हरिवन ११ का वडा अध्यक्ष शेख मेहवुव रेजा तथा संघमा आवद्ध भूतपूर्व सैनिक र संघले सञ्चालन गरेको एनसीसी तालिमका प्रशिक्षार्थीहरुले मन्दिर परिसरको सरसफाई गरेका थिए । त्यसअघि राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको स्मृतिमा उनीहरुले ‘मेरा साना दुःखले आज्र्यको मुलुक होईन, सबै जातको फुलबारी हो सबैलाई चेतना भया ।’ भन्ने स्वर्गिय राजाको दिव्यापदेश तथा उहाँको तस्वीर अंकित व्यानरसहित हरिवनमा ¥याली समेत गरेका थिए ।

उहाँहरुले स्वर्गिय राजा पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा विभाजित नेपाललाई माला उने जसरी एकीकरण गरेकै कारण आज नेपालको अस्तित्व रहेको र हामी नेपाली हुन पाएको भन्दै राजाको गुनगान गरेका थिए । उहाँहरुले सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गरेर स्वर्गिय राजा प्रति सम्मान गरेको भन्दै खुशि व्यक्त गरेका थिए ।वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका पहिलो सन्तानको पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह गोरखा राज्यको राजा हुनुभएको थियो ।

त्यसअघि नेपाल बाईसे तथा चौबिसे राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो । पृथ्वीनारायणको निधनपछि उहाँका छोरा बहादुर शाहले पश्चिमको काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ मा काठमाडौँ उपत्यका विजय हासिल गरेका गर्नुभएको थियो । उहाँको निधन वि.सं. १८३१ मा भएको थियो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

गणतन्त्रको स्थापना र राजतन्त्रको अन्त्यसँगै सरकारले पृथ्वी जयन्ती मनाउन छाडेको थियो । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने नागरीक स्तरबाटै सरकारलाई दबाव आईरहेकै बेला अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गरेसँगै नागरीकमा उत्साह छाएको छ । भने सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.