१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ब्रह्म्पुरी र हरिपुर्वामा महिला समुहले घरदैलो तथा सचेतना कार्यक्रम गरे – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ब्रह्म्पुरी र हरिपुर्वामा महिला समुहले घरदैलो तथा सचेतना कार्यक्रम गरे

सर्लाही,१५ मंसिर । सर्लाहीको ब्रह्म्पुरी गाउँपालिका र हरिपुर्वा नगरपालिकामा महिला समुहहरुले ¥याली, घरदैलो तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ब्रह्म्पुरी वडा नं. ३ मा राजदेवी माई महिला समुह र हरिपुर्वा स्थित वा नं. ९ मा मनकामना महिला बचत समुहले सचेतना कार्यक्रम गरेको हो ।

बुधवार युएन वोमनको सहयोग र भिसिडिसीको सहकार्यमा भिसिडिसीको संयोजक लक्ष्मी कुमारी सिंह अध्यक्षतामा ब्रह्म्पुरीमा लैङ्गिक हिंसा विरुद्ध विभिन्न किसिमको सचेतना मुलक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सहभागि समुहहरुले महिलाको न्यायमा पहुच, न्यायिक समितिको कार्यहरुको विवरण सहितको पोष्टर, लैङ्गिक हिंसा सम्बन्धी विभिन्न विभिन्न जानकारी समेटेर ¥याली, घरदैलो तथा सचेतना कार्यक्रम गरेको महिला समुहरुले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.