१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
वैवाहिक बर्ष गाठको अवसरमा बख्रेल दम्पतीले विद्यार्थीहरुलाई दिए शैक्षिक सामग्री – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

वैवाहिक बर्ष गाठको अवसरमा बख्रेल दम्पतीले विद्यार्थीहरुलाई दिए शैक्षिक सामग्री

सर्लाही,१६ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिकाका एक विद्यालयमा एक दम्पतीले आफनो वैवाहिक बर्ष गाठको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन । लालबन्दी –९, बस्तिपुर निवासी मनोज बख्रेल र सिर्जना बस्नेत दम्पतीले पहिलो वैवाहिक बर्ष गाठको अवसरमा स्टेशनरी वितरण गरेका छन।

विवाहको पहिलो वरिपरि उत्सबको अवसरमा डुमडुमे मन्दिर परिसरमा रहेको राधाकृष्ण रामजानकी विदिक सस्कृत गुरुकुलम मा अध्यनरत विधार्थीहरुलाइ बख्रेल दम्पतीले शैक्षिक सामाग्री वितरण गरेका हुन।यसैगरी बख्रेल दम्पतीले गुरुकुलममा अध्यनरत विधार्थीहरुलाइ विहानको भोजन समेत गराएका छन।

विहान आयोजित एक औपचारिक कार्यक्रमका विच शैक्षिक सामाग्री वितरण गरेका दम्पतीले –“शैक्षिक क्षेत्रमा सुधारात्मक कार्य गर्नु पर्ने, धर्म संस्कृतिको संरक्षण गर्नु पर्ने तर्फ जोड दिदै बालबालिका सग खुसी साट्न पाँउदा हर्षित रहेको जनाएका छ्न।“ मनोज बख्रले नेपाली काँग्रेसका युवा नेता हुन ।

यस्ता कार्यक्रमहरु लाई आफ्नो क्षमता र स्रोतले भ्याएसम्म सहयोग गरिरहने बताएका जोडिले वैवाहिक जिवनको सुरुवात गरेका दिनमा गत बर्ष हरिवन घुर्कौलिको बालगृह र सर्भिस फर पिस मा शैक्षिक सामाग्री वितरण गरेका थिए। आज भएको कार्यक्रममा सल्लाहकार देविबन्धु थापा, संचालक ऋृषिराम सुवेदी लगायत उपस्थित रहेको ध्यान गुरु सन्तोश बास्कोटले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.