१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
नगरपालिका भित्र क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य आजबाट प्रारम्भ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

नगरपालिका भित्र क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य आजबाट प्रारम्भ

भक्ति रिजाल
सर्लाही । हरिवन नगरपालिका वडा नम्बर एकबाट क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्यको आजबाट शुभारम्भ भएको छ ।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले बिरामीलाइ पुर्जा बितरण गरेर शिबिरको उद्घाटन गरेका थिए ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयाेगशाला, स्वास्थ्य कार्यालय सर्लाहीको

सहकार्यमा समुदायमा रहेका, स्वास्थ्य संस्थाकाे पहुँचबाट टाढा रहेका बिरामीहरूकाे नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको  हरिवन नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।

स्वास्थ्यकर्मीको टोलीले आजै नगरपालिकाका विभिन्न वडामा बिरामी चेक जाँच गर्ने र तत्कालै रिपोर्ट दिने गरि ब्यबस्थापन गरिएको थियो ।

आज वडा नम्बर एकमा २०८ जनाले चेक जाच गराएका थिए । जसमा १६ जना संक्रमित हुन सक्ने चौधरीले जानकारी दिए ।

प्रति एक लाख जनसंख्यामा २३३ जनालाइ क्षयराेगकाे संक्रमण हुन सक्ने विश्व स्वास्थ्य संगठनकाे अनुमान रहेको छ ।

जस अनुसार हरिवनमा १२१ जना क्षयराेगकाे बिरामी हुनु पर्नेमा हालसम्म ११९ जना पत्ता लागेकाे चौधरीको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले विश्वलाई सन् २०५० सम्ममा क्षयराेगमुक्त घोषणा गर्ने लक्ष्य राखेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.