१९ आश्विन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
शिबशक्ति बचत तथा ऋण सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

शिबशक्ति बचत तथा ऋण सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

प्रेमनाथ पौडेल
सर्लाह ।शिबशक्ति बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सर्लाहीको हरिपुरमा रहेको उक्त सहकारी संस्थाको साधारण सभा अक्षर पाठशाला सभाहलमा सम्पन्न भएको हो। सभामा संस्थाका अध्यक्ष रमेश कुमार साहको अध्यक्षता रहेको थियो भने संविधानसभा सदस्य रामचन्द्र चौधरी प्रमुख अतिथि थिए।

सभाको क्रममा संस्थाका अध्यक्ष साहले कार्यपत्र प्रस्तुत गरे र कोषाध्यक्ष सुर्य प्रसाद चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले ८ करोड ४४ लाख १५ हजार ३ सय ३६ रुपैयाँको कारोबार गरी ३० लाख ३९ हजार ७ सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी गराए।

संस्थाले उत्कृष्ट कारोबार गर्ने बचतकर्ता, असल ऋणी, बाल बचतकर्ता तथा उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मानित गरेको छ। यस क्रममा ३५ जनालाई प्रशंसा पत्र र खादा, साथै १५ जनालाई माया चिनोका रूपमा खाना पकाउने प्रेसर कुकर प्रदान गरिएको थियो।

संस्था २०५९ सालमा ३५ जना शेयर सदस्यको ३ हजार ५ सय रुपैयाँ शेयर पुँजीबाट सुरु भएको थियो। हाल संस्थामा १ हजार ५ सय १५ शेयर सदस्य छन् भने कुल शेयर पुँजी ६२ लाख ४६ हजार ९ सय रुपैयाँ पुगेको छ।

संस्थाले बचत र ऋण कारोबारसँगै बिजुली, टेलिफोन, खानेपानीको बिल भुक्तानी, रेमिटेन्स सेवा, जेष्ठ नागरिक तीर्थाटन, सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम जस्ता सेवाहरू पनि प्रदान गर्दै आएको छ।

सभामा सहकारी रजिस्ट्रार कार्यालय मधेश प्रदेशका अधिकृत सुनिल थापा, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष धनेश्वर महतो, ग्रामिण नारीउत्त्थान संघका विष्णु चालिसे, हरिपुर वडा नम्बर २ का अध्यक्ष निल बिक्रम थापा, र नेफस्कुन हरिवन फिल्ड कार्यालयका प्रसन्न पौडेलले आफ्नो शुभकामना मन्तव्य दिएका थिए।

 

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button