१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत चन्द्रनगरमा प्रदर्शन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत चन्द्रनगरमा प्रदर्शन

सर्लाही,१९ मंसिर । सर्लाही सहित देशैभरी अहिले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको छ । यसैक्रममा सर्लाहीको चन्द्रनगर गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान भ्बयता साथ मनाइदै छ । १६ दिने अभियान अन्तर्गत आइतवार चन्द्रनगरमा ११ औँ दिन सचेतना मुलक ¥याली प्रदर्शन गरिएको छ । चन्द्रनगर गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा बाल विवाह न्युनिकरण सम्बन्धमा सरोकारवाला व्यक्तिहरु सँग एक दिने अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।

चन्द्रनगर गाउँपालिका उपाध्यक्ष विणा देवी साह, महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख नगिना साह,शिक्षा अधिकृत कमला बस्नेत, जनप्रतिनिधिहरु,विभिन्न महिला समुहका प्रतिनिधिहरु, मरिचमान माध्यमिक विद्यालयका छात्र छात्राहरु लगायत अन्य विभिन्न व्यक्तिहरुले गाउँपालिका कार्यालय अगाडी बाट ¥याली निकाली नाढीमन बजार परिक्रमा गरी बाल विवाह न्युनिकरण गर्ने सम्बन्धी सचेतना मुलक प्ले कार्ड बोकी विभिन्न नारासहित प्रदर्शन गरेको आयोजकले जनाएको छ ।

सचेतना मुलक कार्यक्रममा शिक्षा शाखा प्रमुख हरिकान्त लाल कर्ण, वडा नं. ४ का वडा अध्यक्ष जग्दिश साह, वडा नं. ५ का वडा अध्यक्ष नन्दलाल राय, २ का वडा अध्यक्ष रामनारायण महतो, मरिचमान माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबाबु राय, अपाङ्गता संजालका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको अपाङ्गता संजालका प्रतिनिधि कृष्ण चन्द्र महतोले बताए ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरि विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ ।महिलाविरुद्ध हुने सबै हिंसा अन्त्यको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) देखि यो अभियान सुरु हुन्छ ।यो वर्ष १६ दिने अभियानलाई कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जोडिएको छ ।

महामारीको समयमा विशेष गरि महिलाहरुलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले अहिले र भविष्यमा आउन सक्ने यस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लंैगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।

यो वर्ष अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियान ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ मनाईँदै छ ।सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ ।

एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.