८ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
सर्लाही कांग्रेसको क्षेत्रीय अधिवेशन भोली (सोमवार) हुदैँ – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाही कांग्रेसको क्षेत्रीय अधिवेशन भोली (सोमवार) हुदैँ

सर्लाही,१९ मंसिर । सर्लाहीमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन हुने भएको छ । शुक्रवारदेखि लगातारको छलफल र वार्ताले दुई पक्षीय विवादका कारण रोकिएको सर्लाही कांग्रेसको क्षेत्रीय अधिवेशन सोमबार हुने भएको छ ।

नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालय मलंगवाले आइतवार मतदाता नामावली सहीत क्षेत्रिय अधिवेशन गराउन पत्र लेखेको थियो ।

मतदाता नामावली प्रत्येक क्षेत्रिय सभापति मार्फत सम्बन्धित क्षेत्रमा प्रेषण भैसकेको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवाली द्धारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय सर्लाही अहिले नेपाली काँग्रेसको निर्वाचन (अधिवेशन) गराउन विशेष भुमिका निर्वाह गर्दै आएको छ । सर्लाहीमा काँग्रेसको अधिवेशन गराउन आउनुभएका निर्वाचन अधिकृत अरुण कुमार ज्ञावलीलाई कडा सुरक्षा बीच सर्लाहीको सिडियो बस्ने क्वाटरमा राखिएको छ ।

अहिले त्यहीबाट काँग्रेसको सम्पूर्ण निर्वाचन प्रक्रिया अगाडी बढाईएको छ । साथै त्यहा ठूलो संख्यामा सशस्त्र र नेपाली प्रहरीको जवान तैनात गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडियो) बाबुराम खतिवडाको समेत उपस्थितिमा गएको शुक्रवारदेखि लगातारको छलफल र वार्ताले दुई पक्षीय विवादका कारण रोकिएको सर्लाही कांग्रेसको क्षेत्रीय अधिवेशन सोमबार हुने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.