१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
२६ वर्षकै उमेरमा साह बने हरिपुर नगर सचिव – Nigrani Today
राजनीतिस्थानीय

२६ वर्षकै उमेरमा साह बने हरिपुर नगर सचिव

सर्लाही,१९ मंसिर । नेकपा माओवादी केन्द्रको अधिवेशनमा एक युवक २६ वर्षकै उमेरमा सचिव पदमा निर्वाचित भएका छन । हरिपुर नगरपालिका स्थित पिडारी बस्ने २६ वर्षिय रंजित साह माओवादी केन्द्रको अधिवेशनमा सचिव पदमा निर्वाचित भएका हुन ।

माओवादी केन्दको अधिवेशनमा साह प्रदेश नं. २ कै कान्छो सचिव बनेका हुन । विद्यार्थी राजनिति हुदैँ साह हाल हरिपुर नगर सचिव सम्म सफल भईसकेका छन ।

माओवादी केन्द्रले पहिलोपटक देशभर  वडा तथा पालिका अधिवेशन गरिसकेकाे छ। तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवत् रूपमा समिति बनाइएको हो ।

माओवादी केन्द्रले २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा उक्त पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.