१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बरहथवामा विद्यालय चन्दा दातालाई सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बरहथवामा विद्यालय चन्दा दातालाई सम्मान

मुकेश मिश्र । सर्लाही
सर्लाही ,मंसिर २२ गते । सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ११मा रहेको जनता माध्यमिक विधयालयमा १० प्लस २ सञ्चालनका लागी सहयोग गर्ने दाताहरु लाई सम्मान गरिएको छ । विधालय परिसरमा आयोजित एक कार्यक्रमका बिच विधालय लाई आर्थिक सहयोग गर्ने दाताहरु लाई सम्मान गरिएको हो ।

विधालयमा दश जोड दुई सञ्चालन र स्तरउन्नतीका लागी दाताहरुले आर्थिक सहयोग गरेका हुन । विधालयमा दश जोड दुई सञ्चालनका लागी सुधिर कुमार अधिकारीले ६ लाख , अन्नत साह ५लाख ५१हजार , सिताराम अधिकारी ३ लाख ५१ हजार , ईश्वरी चन्द्र अधिकारी ३ लाख १ हजार , तुलसी प्रसाद चालिसे २ लाख ७५ हजार , रामेश्वर राय यादव २ लाख , लगायत करिब ४ सय दाता हरुको आर्थिक सहयोगमा रु. ५० लाख रकम विधालय लाई बुझाईएको शिक्षाप्रेमी एवम भुतपर्व विधालय व्यवस्थापन समितीका अध्यक्ष विनोद कुशवाहाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी एवम नगर प्रमुख देवा नन्द महतो र विशिष्ठ अतिथी जय प्रकाश यादवले सामुहिक रुपमा बती बाली कार्यक्रम लाई उदघाटन गर्नुभएको थियो । बरहथवा नगरपालिका शैक्षिक विकाशमा अग्रसर रहेकै कारण जिल्ला मै सबै भन्दा बढी विधालय यस नगरभित्र सञ्चानमा रहेको बताउनुभयो । आफुले पालिकाको जिम्मेवारी पाएदेखि कुनै पनि विधालयका बालबालिकाहरु लाई भुँईमा बसेर पढन नपर्ने व्यवस्था मिलाएको बताउनुभयो । साथै दरबन्दि अनुसारको शिक्षक नहँुदा पालिकाले आफनै तर्फबाट एकैचोटी ५२ जना शिक्षक स्वंयसेवक राख्ने तैयारीमा रहेको उहाँले बताउनुभयो । पालिका भित्रका विधालयहरुमा टेक्नीकल शिक्षाको साथै भौतिक संरचनामा समेत आफले सक्दो सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा विधालयका प्रधानाध्यापक प्रमोद झाले विधालय बारे संक्षिप्त जनाकारी गराउँदै दश जोड दुई सञ्चालनका लागी सहयोग जुटाईदिने सबै प्रती आभार व्यतm गर्नुभयो । दश जोड दुई सञ्चालनका लागी करिब ४ सय जनाबाट रु.५० लाख रकम जम्मा भएको विधालयका प्र.अ. झाले बताउनुभयो । विधालय सञ्चालन का लागी २ बिग्हा जग्गा प्रदान गर्ने जग्गादाता स्व.विश्वेश्वर प्रसाद मुडभरी ९ परिवार० दश जोड दुई सञ्चालनका लागी सहयोग गर्ने व्यतिmहरु लाई दोसल्ला र गमछा ओढाई सम्मान गरिएको थियो ।

बालबालिकाहरुलाई आफनै गाँउमा उँच्च शिक्षा हासिल गराउन दश जोड दुई सञ्चालन गराउन पाएकोमा आफु गौरवान्वित महशुस भएको चन्दादाता मदन प्रसाद सतयालले बताउनुभयो । “हामीहरुको सानो सहयोगले निकै राम्रो काम भएकोमा खुशी लागेको र अगामी दिनमा पनि यसरी नै सहयोग गर्ने प्रतिबद्धता गर्ने ’ दाता सत्यालले बताउनुभयो ।

बरहथवा नगरपालिका वडा नं.११ का वडाध्यक्ष राम कैलश महतोको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.