१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ग्लाेबल आईएमई बैंकले ग्राहकलाई दियाे डिजिटल बैंकिङ सम्बनधी तालिम – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ग्लाेबल आईएमई बैंकले ग्राहकलाई दियाे डिजिटल बैंकिङ सम्बनधी तालिम

 

मंसिर २३ सर्लाही ।अाफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी गराउने उदेश्यले ग्लाेबल अाईएमई बैकले वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

प्रदेश २ काे सर्लाहीसहितका अाठ अाेटै जिल्लाका शाखाहरुमा बैंकका ग्राहक तथा सर्वसाधारण समेतकाे सहभागितामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

अहिलेकाे डिजिटल युग हाे । माेबाईल तथा ईन्टरनेटकाे पहँूच अहिले सबै ठाउमा पुगि सकेकाे छ । यस्ताे अबस्थामा अहिले माेबाईलबाटै बैंकिङ सम्बन्धी सम्पुर्ण काम गर्न सकिन्छ । तर साे सम्बन्धी ज्ञान नहुदा ग्राहकहरुले दुख पाईरहेकाे भन्दै अाफुहरुले अाफ्ना ग्राहक र अन्य सर्वसाधारणलाई समेत लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम गरेकाे ग्लाेबल अाईएमई बैंक हरिवन शाखाका प्रबन्धक संजीव कुमार साहले बताए ।

बुधबार पहिलाे दिन लालबन्दी र हरिवनमा कार्यक्रम सम्पन्न भएकाे हाे । दुबै स्थानमा गरी सयभन्दा बढीकाे सहभागिता रहेकाे थियाे । सहभागिहरुलाई डिजिटल बैंकिङ भनेकाे के हाे? घरमै बसेर माेवाईलबाटै कसरी बैंकिङ सेवा लिन सकिन्छ? र डिजिटल बैकिङका फाईदाहरु के के छन्? लगायतका विषयमा सिकाएकाे थियाे ।

कार्यक्रमकाे सहजीकरण बैंकका कार्ड अपरेटर रुपेश शर्मा,मार्केटिङ डिपार्टका सागर बहादुर सिंह र प्रदेश २ का म्यानेजर गंगा बहादुर जिसले गरेका बैंकका लालबन्दी शाखाका प्रबन्धक महेश्वर पराजुलीले बताए ।

बैकले प्रदेश २ का अाठ अाेटै जिल्लामा कार्यक्रम गर्ने केन्द्रीय तालिका अनुसार नै सर्लाहीमा पनि कार्यक्रम गरेकाे हाे ।

काठमाण्डुमा केन्द्रीय कार्यालय रहेकाे साे बैंककाे प्रदेश २ मा २४ अाेटा शाखा रहेकाे बैंकले जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.