१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
नेपाली कांग्रेस क्षेत्र नं. २ को पदस्थापन कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिस्थानीय

नेपाली कांग्रेस क्षेत्र नं. २ को पदस्थापन कार्यक्रम सम्पन्न

सर्लाही,७ चैत्र । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेस क्षेत्र नं. २ को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । १४ औँ जिल्ला अधिवेशन अन्तर्गत निर्वाचित २ नम्वर क्षेत्रको क्षेत्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरुको पदस्थापना कार्यक्रम सोमवार सम्पन्न भएको हो । जिल्ला समन्वय समितिको सभा हलमा कांग्रेस २ नम्वर क्षेत्रका निवर्तमान क्षेत्रीय सभापति दिनेश मिश्रको अध्यक्षता तथा पार्टीले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका लागि सर्लाही जिल्लाको प्रतिनिधि बनाएर खटाएको केन्द्रीय सदस्य नगिना यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काग्रेस संघिय क्षेत्र नम्बर दुई सर्लाही द्वारा आयोजित नव निर्वाचित क्षेत्रीय समिति को पदस्थापन कार्यक्रममा क्षेत्र नं. २ का ४९ वटा वडा सभापति, २५ वटा महाधिवेशन प्रतिनिधि तथा क्षेत्र नं. २ का प्रदेश क र ख का सभापतिलाई सम्मान गरिएको थियो । यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. २ का नव निर्वाचित सभापति कौशल राय ले निर्वतमान सभापति मिश्र तथा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य यादवलाई मायाँको चिनो सहित दोसल्ला ओढाई सम्मान गरेको नेपाली कांग्रेस क्षेत्र नं. २ले जनाएको छ । त्यस्तै कार्यक्रममा निवर्तमान क्षेत्रीय सभापति मिश्रले आफनो पद नव निर्वाचित सभापति रायलाई हस्तान्तर गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो सत्र अन्तर्गत भएको काँग्रेस जिताउ अभियान कार्यक्रमको अध्यक्षता क्षेत्र न–२ का सभापति कौशल किशोर रायले गरेका थिए भने दुवै कार्यक्रमको प्रमुख अतिथि अभियानकी केन्द्रीय परिवेक्षक यादव रहनुभएको थियो। आसन्न निर्वाचनलक्षित यस अभियान अन्तर्गत यहाँका २० वटै स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना रहेको र सोही अनुसार गत फाल्गुन २८ गतेदेखि केन्द्रीय परिवेक्षक यादवको नेतृत्वमा पार्टीका पदाधिकारी लगायत कार्यकर्ताहरु अभियान लिएर गाउँगाउँमा पुगिरहेको छ ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता जंगीलाल राय, पूर्व सभापति लक्ष्मण राय, पूर्व माननीय ब्रह्मामनारायण चौधरी ,नव निर्वाचित उप सभापति द्वय नविन अधिकारी,डा सरोज यादव, सचिव मनोज यादव,पूर्व सचिव रवीन्द्र चौधरी ,दुई नम्बर को सम्पूर्ण वडा सभापति,प्रदेश सभापति, महाधिवेशन प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.