१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा विपन्न नागरीकलाई न्यानो कपडा तथा मिष्ठान भोजन – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिवनमा विपन्न नागरीकलाई न्यानो कपडा तथा मिष्ठान भोजन

सर्लाही,१ माघ । सर्लाहीको हरिवन नगरपालिकामा विपन्न नागरीकलाई न्यानो कपडा वितरण गरिएको छ । हरिवन वडा नं. ११ स्थित आमर्ट नेपाल हरिवनले बिगतको २५ वर्ष देखिको कार्यलाई निरन्तरता दिदैँ बालबालिका,जेष्ठ नागरीक, अपाङ्गता भएका व्यक्ति तथा हरिवनका विपन्न नागरीकलाई न्यानो लुगा दिनुको साथसाथै मिष्ठान भोजन पनि गराएको छ ।

अमार्ट नेपालको पूर्व अध्यक्ष गणेश साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति अध्यक्ष मेथुर चौधरीको प्रमुख आतिथ्यतामा शनिवार गरिएको कार्यक्रममा जेष्ठ नागरीक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरीक गरी २ सय जनालाई बलाइकेंट, ८० जना महिलालाई साडी र १ सय बालबालिकालाइई न्यानो कपडा वितरण गरिएको अमार्ट नेपालका सचिव रामपृत साहले जानकारी दिनुभयो ।

बिगत २५ वर्ष देखि माघेसंक्रान्तिका दिन आमर्ट नेपालले चन्दा संकलन गरेर बालबालिका, जेष्ठ नागरीक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरीकलार्ई न्यानो कपडा तथा मिष्ठान भोजन गराउने गरेको र सोहि अनुरुप हरिवन, लालबन्दी, नवलपुर र नयाँ रोडका व्यपारीहरुको आर्थिक तथा जिन्सी सहयोगमा आज न्यानो कपडा वितरण गर्नुको साथसाथै मिष्ठान भोजन गराएको अमार्ट नेपालका उपाध्यक्ष बैजु साहले बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य दिल्ली उप्रेती, एमाले समाजवादी हरिवन नगर संयोजक चुडा मनी वाग्ले, हरिवन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शेख मेहबुब रेजा, जनमत पार्टीका हरिवन नगर संयोजक रामइश्वर चौधरी लगायतको वक्ताहरुले मनत्वय राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.