मृत्क माझी परिवारलाई २० हजार आर्थिक सहयोग, न्यायकै पर्खाईमा मृत्क परिवार

सर्लाही,२६ मंसिर । गत कार्तिक ८ गते सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ६ बस्ने अन्दाजी ३५ वर्षिय नन्दलाल माझी र सोहि ठाउँ बस्ने अर्का अन्दाजी ४० वर्षिय जग्दिश माझीको भारतमा ज्याला गर्न गएको समयमा शंकास्पद मृत्यु भएको थियो । मृत्क माझी परिवारलाई आइतवार चन्द्रनगर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
मृत्क परिवारको आर्थिक अवस्थालाई मध्ये नजर गरेर मृत्क नन्दलालको बुवा गणौर माझी र अर्का मृत्क जग्दिश माझीको श्रीमती ललिता माझीलाई चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जनही दश दश हजार गरी मृत्क दुई परिवारलाई २० हजारको चेक हस्तान्तरण गरेको चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक शाहले जानकारी दिए ।
मृत्क द्धव माझी भारतको उत्तर प्रदेश जिल्ला भिरोजावाद स्थित मलेश्वर कोल्ड स्टोरमा ज्याला गर्दै आएका थिए । वडा नं. ६ का ठेक्केदार इनरजित राउत कुर्मीले मजदुरी गराउन मृत्क नन्दलाल र जग्दिशलाई भारत लगेका थिए । सोहि क्रममा नन्दलाल र जग्दिशको शंकास्पद मृत्यु भएको थियो ।
मृत्क परिवारले दुवै जनाको हत्या भएको बताइरहेका छन । आरोपित ठेक्केदार इनरजित राउत कुर्मीलले मृत्कहरुलाई आलु स्टोरको भित्र ज्यादैँ अप्ठयारो काम दिई आई रहेकोमा सो काम गर्न मृत्कहरु असमर्थ भएपनि मृत्कहरुको चियामा नसालु औषधी हाली निरन्तर खुुआएकोले तिनिहरुको मृत्यु भएको मृत्क नन्दलालका बुवा गणौर माझीले बताए ।
हामिले न्यायको लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छु न्यायको पर्खाइमा छु मृत्क नन्दलालका पिता गणौर माझीले भने ।झण्डै डेढ महिना बिति सक्दा पनि मृत्क परिवारहरुले हाल सम्म न्याय पाउँन सकेका छैन । अहिले पनि वडा नं. ६ कामदका मुसहरहरु मृत्क माझीहरुको शोकमा डुबेका छन ।