१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दीमा अक्सिजन प्लान्ट निर्माण हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

लालबन्दीमा अक्सिजन प्लान्ट निर्माण हुने

सर्लाही,२६ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ ।बागमती सेवा समाज नेपाल,अस्ट्रेलियन एड र आड्रा नेपालको पुर्ण सहयोगमा लालबन्दी नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा अक्सिजन ग्यासको प्लान्ट निर्माण हुने भएको छ ।

बागमती सेवा समाज नेपाल,आड्रा नेपालको तर्फबाट बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की र लालबन्दी नगरपालिकाको तर्फबाट नगर प्रमुख मान बाहदुर खडकाले आइतवार अक्सिजन प्लान्ट निर्माण गर्नको लागि त्रिपक्षीय सम्झौता गरेको लालबन्दी नगरपालिकाले जनाएको छ।

आइतवार अक्सिजन प्लान्ट निर्माण गर्नको लागि त्रिपक्षीय सम्झौता भइसकेको हुदाँ अबको एक महिना भित्रमा अक्सिजन प्लान्ट निर्माण गरी लालबन्दी नगरपालिकालाई हस्तान्तरण गरिने बागमती सेवा समाज नेपालका अध्यक्ष कार्कीले बताए । खास गरी कोरोना भाइरसलाई लक्षित गरी आउने दिनमा अक्सिजन ग्यासको अभाव नहोस भन्ने उदेश्यका साथ अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो, कोरोना भाइरसको अवस्था समान्य भए अक्सिजन ग्यास जहिले नि बिरामीहरुलाई आवश्यकता पर्ने भएको हुदाँ पनि यो योजनालाई अघि बढाइएको अध्यक्ष कार्कीले बताए ।

त्रिपक्षीय सम्झौता भइसकेको हुदाँ अव के– कति पैसा खर्च हुने एक हप्ता भित्र इस्टिमेटको सम्पूर्ण प्रक्रिया सम्पन्न गरी अक्सिजन प्लान्ट निर्माण कार्य तर्फ अघि बढने बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए ।
सम्झौता कार्यक्रममा बागमती सेवा समाजका कार्यक्रम प्रमुख सुनिल साह लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासु तिम्लसिना,वाडा अध्यक्ष लगायत कार्यपालिकाका सद्स्यहरुको उपस्थिति रहेको बागमती सेवा समाज नेपालले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.