२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रमुख जिल्ला अधिकारीको आदेश बिनै बरहथवामा प्रहरीले गोली चलायो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रमुख जिल्ला अधिकारीको आदेश बिनै बरहथवामा प्रहरीले गोली चलायो

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर एक जना युवकले ज्यान गुमाएका छन् । बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद भएपछि झडप हुँदा प्रहरीले बल प्रयोग गर्दा जयशंकार शाहको मृत्यु भएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । धमलाले भने,‘मैले गोली चलाउन अनुमति दिएको छैन ।’

तर, प्रहरीले आफूले बोकेको हतियार आन्दोलनकारीले खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेको छ । आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका एसपी प्रवीण धितालले बताए ।

शुक्रबार कांग्रेस, जसपा, लोपसा र जनमत पार्टीका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ५० शय्याको अस्पताल बनाएर प्रदेशलाई हस्तान्तरण गर्न माग गरेका छन् । तर, नगरपालिकाका पदाधिकारीले हाल सञ्चालित १५ शय्याको नगर अस्पताल नगरपालिकाले नै चलाउने र प्रदेश स्तरको अर्को अस्पताल खोल्नुपर्ने अडान राख्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.