१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा गोली लगि घाइते भएका बालकलाई समाजसेवी आचर्यले स्नातक तह सम्म पढाउने – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरमा गोली लगि घाइते भएका बालकलाई समाजसेवी आचर्यले स्नातक तह सम्म पढाउने

सर्लाही,२१ पौष ।सर्लाहीका ईश्वरपुर नगरपालिकामा आन्दोलनको क्रममा गोली लागेर घाइते भएका १५ वर्षिय बालक संजय महतोको उपचारमा लाग्ने औषधि खर्च तथा स्नातक तह सम्मको शिक्षा खर्च नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी मनोज आचर्यले व्यहोर्ने भएको छ ।

ईश्वरपुर नगरपालिका वडा नं. ३ निवासी समाजसेवी आचर्यले घाइते बालकको उपचारमा लाग्ने औषधी खर्च तथा स्नातक तह सम्मको शिक्षाको जिम्मेवारी लिएका छन ।

पौष ११ गते आईतवार साझ ईश्वरपुर स्थित रहेको ईलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा अन्दाजी ३२ वर्षिय रामकुमार महतोको मृत्यु भएको थियो । त्यसै विषयलाई लिएर पौष १३ गते मंगलवार पनि ईश्वरपुरको बैलवास बजारमा आन्दोलनको क्रममा वडा नं. ३ बस्ने बालकको खुट्टामा गोली लागेको थियो ।

घाइते बालक अवस्था बुझन समाजसेवी आचर्यले मंगलवार अस्पतालमा पुगेका थिए । बालकको आर्थिक अवस्था कमजोर भएको हुदाँ आफुले उपचारमा लाग्ने औषधिको केही खर्च तथा स्नातक तह सम्मको शिक्षा पुरा गराउने जिम्मेवारी लिएको नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी आचर्यले बताए । अहिले घाईते बालक काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचाररत छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.