१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
बडि बुइलडिंंगमा विश्व तथा एसियामा तेस्रो स्थान ल्याएको महतोलाई स्थानिय देखि जनप्रतिनिधि सम्मले गरे सम्मान – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारस्थानीय

बडि बुइलडिंंगमा विश्व तथा एसियामा तेस्रो स्थान ल्याएको महतोलाई स्थानिय देखि जनप्रतिनिधि सम्मले गरे सम्मान

सर्लाही,२१ पौष । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ५ निवासी सुरेन्द्र महतोलेलाई स्थानिय देखि जनप्रतिनिधि सम्मले सम्मान गरेको छ । एसीया बडि बुइलडिंग एण्ड फिटजनेश चयाम्पीयनसीप २०२१ र वर्लड डाइमण्ड कप बडि बुइलडिंंग एण्ड फिटनेस २०२१ प्रतियोगितामा सहभागि भई महतोले तृतीय स्थान ल्याएर देशको गरिमा बढाएको भन्दै संघिय सांसद, लालबन्दीका वडा अध्यक्ष तथा स्थानियले लालबन्दीमा भव्य सम्मान तथा स्वागत गरेको छ ।

मंगलवार लालबन्दी नगरपालिका वडा नं. ५को आयोजनामा गरिएको एक कार्यक्रमका बिच वडा अध्यक्ष मोहनहरी भण्डारीले बडि बुइलडर महतोलाई सम्मान गरेको छ । वडा अध्यक्ष भण्डारीले महतोलाई प्रमाणपत्र तथा नगद रु. ५ हजार दिई दोसल्ला ओढाई सम्मान गरेको वडा नं. ५ का वडा सदस्य पवित्रा विश्वकर्माले जानकारी दिए। एसीया बडि बुइलडिंग एण्ड फिटजनेश चयाम्पीयनसीप २०२१ र वर्लड डाइमण्ड कप बडि बुइलडिंंग एण्ड फिटनेसमा महतोले तेस्रो स्थान ल्याएर विश्व सामु नेपाली झण्डा फहराएर नेपालको गरिमा बढाएको हुदाँ महतोलाई सम्मान गरेको वडा अध्यक्ष भण्डारीले बताए ।साविक कविलासी नगरपालिका हाल लालबन्दी नगरपालिका बस्ने महतोले लालबन्दी नगरपालिकाको मात्र हैन सम्पूर्ण नेपालीको विश्व सामु गौरब बढाएको हुदाँ हामि सबैले महतोको सम्मान गर्नु दायित्व भएको वडा अध्यक्ष भण्डारीले बताए ।

त्यस्तै महतोलाई देशको गरिमा बढाएको भन्दै सर्लाही क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य प्रमोद साहले पनि केहि दिन पहिला सम्मान गरेको थियो । यसैगरी लालबन्दी नगरपालिका, चन्द्रनगर गाउँपालिकाका स्थानियहरुले पनि महतोेको निजि निवास लालबन्दी नगरपालिका वडा नं. ५ मेजरगंजमा गई भव्य सम्मान गरेका थिए ।भारतको नयाँ दिल्लीमा भएको एसीया बडि बुइलडिंग एण्ड फिटजनेश चयाम्पीयनसीप २०२१ विश्वका सात देशका सहभागि खेलाडीहरु थिए भने वर्लड डाइमण्ड कप बडि बुइलडिंंग एण्ड फिटनेस बडि बुइलडर २०२१ मा विश्वको २१ देशका खेलाडीहरु सहभागि भएका थिए जसमध्ये महतोले तेस्रो स्थान ल्याएका थिए ।

आफुले विश्वमा नेपालको नाम जोगाउन सफल भएको भन्दै उनले आफुलाई धेरै खुसि लागेको बताऐ । सबैको साथ सहयोगले आफू सफल भएको बताउदै खेलाडीहरुलाई नेपाल सरकारले खेल क्षेत्र अनुसारको व्यवस्थापन गर्नुपर्ने महतोले बताए । अब आफुले अनलाइन मार्फत नेपाली खेलाडी तथा खेलक्षेत्रमा लाग्न चाहने युवाहरुलाई फ्रिमा तालिम दिने बताए ।

आफुले करिब १० वर्ष पहिला देखि जिम गर्ने गरेको वडि विल्डिङ बन्ने ईच्छा शक्ति रहेका कारण भारतमा गएर तालिम लिएको बताउदै नेपाल सरकारले सरकारी तर्फबाट जिमखानाहरुको व्यावस्था गरि निशुल्क जिम खेल्न पाउने व्यवस्था गर्नु पर्ने बताए । आफुलाइ विश्व स्तरिय प्रतियोगिता जित्छु भन्ने थिएन,तर जिते भन्दै धेरै खुसि लागेको बताउनु बताए । प्रतियोगितामा भारतले प्रथम र द्वितीय स्थान पाएको र नेपालले तृतिय स्थान हासिल गरेको थियो ।

खेलकुदमा लगानी गरेर देशको नाम उच्च राख्न सकिने भएकोले सरकारले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिनु पर्ने बताउदै आफ्ना सन्ततिलाई पनि खेलकुद क्षेत्रमा लगाउने महतोको योजना रहेको छ ।महतोले अन्य विभिन्न प्रतियोगितामा पनि मेडल, प्रमाणपत्र जितेको खेलाडी महतोका दाजु बिरेन्द्र महतोले जानकारी दिए ।सम्मान कार्यक्रममा वडा नं. ५ का वडा सदस्य भाग्यनारायण चौधरी पवित्रा विशवकर्मा, समाजसेवी धुव्र धुंगेल, वडा सचिव लगायत पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.