१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
लालबन्दीको मेयरमा उज्वल कार्कीकै चर्चा, गुरु भट्टराईले पनि दिए अग्रिम शुभकामना – Nigrani Today
प्रदेश २राजनीतिसमाचारस्थानीय

लालबन्दीको मेयरमा उज्वल कार्कीकै चर्चा, गुरु भट्टराईले पनि दिए अग्रिम शुभकामना

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नाम सिफारिस भएका ९ जनामध्ये युवा नेता उज्वल कार्की भारी देखिएका छन् । एमालेको लालबन्दी नगर कमिटीले सिफारिस गरी पठाएको हालका मेयर मान बहादुर खड्कासहित ९ जनामध्ये वडा नम्बर ६ को वडाअध्यक्ष समेत रहेका कार्कीकै बढी चर्चा भएको हो ।

पार्टीले मेयरका आकांक्षीहरु सबैको नाम सिफारिस गरी पठाएको भएपनि टिकट भने वडा अध्यक्ष कार्कीले नै पाउने र पाउनुपर्ने एक जना एमाले नेताले बताए । एमाले कार्यकर्ताहरुले वडा अध्यक्ष कार्कीले नै टिकट पाउँदा लालबन्दीमा मेयर एमालेले जित्ने निश्चित रहेको ती नेताले बताए । वडा अध्यक्ष भएर उत्कृष्ट काम गरेको र लालबन्दीको विकासमा स्पष्ट भिजन भएको युवा नेता भएकोले मात्रै नभई पार्टीमा पनि डटेर लागेको कारण पनि कार्कीले नै टिकट पाउनु पर्ने एमालेजनको चाहाना छ ।

एक जना एमाले कार्यकर्ता सन्देश नेपाल भन्छन्,‘उज्वल कार्की स्पष्ट भिजन भएको यूवा नेता हो, उहाँले वडा अध्यक्ष भएर पनि उत्कृष्ट काम गर्नुभएको छ । मेयरमा जित्ने उमेदवार भनेकै कार्की हो ।’ त्यस्तै अर्का नेता कमल पौडेल भन्छन्,‘पार्टीमा पनि रुचाइएको उमेदवार कार्की नै हो । लालबन्दीलाई हाक्न सक्ने युवा पनि कार्की नै हो । पार्टीमा सक्षम व्यक्ति कार्की बाहेक अरु छैन भनेको होइन तर मेयरमा जित्ने उमेदवार चै कार्की नै हो ।’ उनले कार्की जस्तो लोकप्रिय र भारी व्यक्तिलाई टिकट नदिँदा कार्कीमाथि मात्रै नभई आम एमालेजनमाथि अन्याय हुने बताए ।

वडा अध्यक्ष कार्की अनेरास्ववियूको केन्द्रीय कमिटी सदस्य तथा मधेश प्रदेश कमिटीका सह–इन्चार्ज समेत हुन् । गुरु भट्टराईले पनि दिए शुभकामना मेयरमा नाम सिफारिस भएदेखि नै सामाजिक सञ्जालमा कार्कीलाई बधाई तथा शुभकामना दिनेहरुको लर्को लागेको छ । यसैबीच, नेपाल रेल्वे कम्पनीका पूर्व महाप्रबन्धक गुरु भट्टराईले पनि मेयरका आकांक्षी कार्कीको प्रसंसा गरेका छन् ।

गरीबको घर बनाउँन ढुंगा बोक्दै गरेको तस्बीरसहित आफ्नो फेसबुकमा एक स्टाटस राख्दै माधव नेपाल, प्रचण्ड लगायतका नेताहरुको कटटर आलोचक समेत रहेका पूर्व महाप्रवन्धक भट्टराईले मेयरका आकांक्षी कार्कीलाई जीतको लागि अग्रिम शुभकामना समेत दिएका छन् ।

‘धन र डनको तालमा पार्टी नलागोस्’ भन्दै भट्टराईले लेखेको स्टटसमा भनिएको छ, ‘सर्लाहीको लालबन्दी नगरपालिकाबाट मेयर पदमा सिफारिस अखिलका केन्द्रीय नेता तथा वर्तमान वडा अध्यक्ष, जुझारु, नयाँ केही गरौं भन्ने जोशका युवा उज्वल कार्कीलाई अग्रिम शुभकामना । लालबन्दीलाई नयाँ सोच र योजना बनाएर कसरी विकास गर्न सकिन्छ भन्ने आगो बोक्ने युवाले नेतृत्व गरे निश्चित रुपमा सकारात्मक परिणाम आउँछ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.