१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सुविसुको २१ औं बार्षिकोत्सव अवसरमा ४१ जनाले गरे रक्तदान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सुविसुको २१ औं बार्षिकोत्सव अवसरमा ४१ जनाले गरे रक्तदान

लालबन्दी,१ माघ। सर्लाहीको लालबन्दी नगरपालिकामा रक्तदान कार्यक्रम गरिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुले लालबन्दी नगरपालिका स्थित सुविसु प्राङ्गनमा शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सुविसुको २१ औं बार्षिकोत्सव अवसरको आयोजनामा लालबन्दी शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको शाखा प्रमुख प्रताप गडालीले बताए ।
उनले सुविसुले एकैसाथ देशभरका २१ वटा शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाउँदै सुविसुले व्यवसायिक सँगसँगै सामाजिक उत्तरदायित्व पनि वहन गरिरहेको बताए ।

एकएक थोपा रगत पनि अमूल्य हुने भएकाले शरीरभित्र खेर जाने रगत दान गरे अरु कसैको ज्यान जोगाउन काम लाग्ने भएको हुदाँ लालबन्दी शाखाले शुक्रवार रक्तदान कार्यक्रम गरेको शाखा प्रमुख गडालीले निगरानी टुडे सँग कुराकानी गर्दै बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.