१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सडक निर्माण कार्य ढिलाई भएपछी मलंगवाका व्यपारीहरुले गरे प्रदर्शन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सडक निर्माण कार्य ढिलाई भएपछी मलंगवाका व्यपारीहरुले गरे प्रदर्शन

सर्लाही,४ माघ । सर्लाहीको मलंगवा नगरपालिकाका व्यपारीहरु आन्दोलित बनेका छन । मलंगवा नगरपालिका वडा नं. ९ स्थति मेन चोक बालमन्दिरको बाटो नर्मिाण निर्माण कार्य ढिलाई भएपछि मलंगवाका ब्यापारीहरूले सडकमा आगो बालेर प्रदर्शन गर्नुको साथै चक्का जाम गरेको छ । बिगत लामो समय देखि चोक चोकमा ठेक्केदार कम्पनिले बाटो खनेर त्यतिकै छोडेको तथा नगरपालिकाले सडक निर्माण प्रति गम्भिर नभएको हुदाँ बाध्य भएर बिरोध गर्नुपरेको मलंगवाका व्यपारी संजय साहले बताएका छन ।

यसैगरी मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीका अनुसार संघिय कार्यन्वय ईकाई धनुषा, जनकपुरले ठेक्का लगाएको सडक हो । जिविस चौक देखि राजश्री चौक सम्म १४ सय ५० मिटर सडक निर्माण कार्य गर्नका लागि कुल ८३ लाख बजेट रहेको छ, हाल सम्म ७ सय मिटर सडक बनिसकेको र७ सय ५० सय मिटर बन्न बाँकी रहेको स्विकारेका छन । गत वैशाख देखि सडक निर्माण कार्य सुरु भएको छ, सडक निर्माण गर्दै जादाँ बालमन्दिर चौक निर केहि व्यक्तिले भौतिक संरचना नभत्काएकाले सडक निर्माणमा ढिलाई भएको प्रशासकीय अधिकृत सुबेदीले बताए ।

चिसोका कारण ज्याला गर्ने मजदुरहरु घर फर्किसकेकोले पनि काम ढिलाई भएको मलंगवा नगरपालिकाका नगर प्रमुख निरशल साहले जानकारी दिए । त्यस्तै केहि व्यक्तिहरु भौतिक संरचना भत्काउन पत्र पठाउँदा पनि संरचना नभत्काएकाले पनि सडक निर्माणमा ढिलाई भएको छ, अब नगरपालिकाले नै संरचना भत्काएर पनि चाडै सडक निर्माण कार्य सुचारु गर्ने नगर प्रमुख साहको भनाइ थियो ।

ठेक्केदार कम्पनि कालिका रमण कनकाई जेवी काठमाडौका इन्जिनियर राजिव कापरका अनुसार आफुहरु सडक निर्माण कार्य ढिलाई नगरेको बताए । बालमन्दिर चौक निर दुवै छेउ स्थानियको घर छ, वैशाख देखि आफुहरुले काम सुरु गरेको छु, बिवाद पनि त्यही बेला देखि नै छ, भौतिक संरचना किलियर हुन बितिकै काम सुरु गरिने ईन्जिनियर कापरले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.