१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चिसोका कारण सर्लाहीको जनजीवन प्रभावित, आगो ताप्ने व्यवस्था गर्न जनप्रतिनिधिले गरे इन्कार – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चिसोका कारण सर्लाहीको जनजीवन प्रभावित, आगो ताप्ने व्यवस्था गर्न जनप्रतिनिधिले गरे इन्कार

माघ ४ मंगलबार, सर्लाही ।। केही दिन यता बढेको चिसोका कारण सर्लाहीको जनजीवन अत्यन्तै प्रभावित भएको छ । चिसोकै कारण मानिसहरुलाई घर बाहिर निस्कन अप्ठयारो भएको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्ग, साना व्यवसायीहरु मारमा परेका छन् ।

विगतमा चिसो र शितलहरलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गरेको भएपनि यो वर्ष त्यस्तो गरेको देखिँदैन । यस पटक त चोकमा कतै आगो ताप्ने व्यवस्था नहुँदा सर्वसाधारणले यसो हात, खुट्टा तथा जिउ सेकाउन समेत पाएका छैनन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका लगायत सर्लाहीका अधिकांश पालिकाहरुमा चिसो तथा बाक्लो हुस्सुका कारण स्थानियहरुको दैनिक कष्कर भएको छ । ग्रामिण भेगमा भने स्थानियहरु पराल, गुईठा तथा बिरुवाहरुको सुकेको पात जम्मा गरी आगो बाली ताप्ने गरेको चन्द्रनगर गाउँपालिका वडा नं. १ का स्थानिय अलि हुसेनले बताए ।

यस वर्ष जाडोमा चोक तथा मानिसको चहलपल बढी हुने स्थानहरुमा आगो ताप्ने व्यवस्था गर्न स्थानीय पालिकाहरुको जनप्रतिनिधिले इन्कार गरेको लालबन्दी नगरपालिकाका स्थानीय सुनिल कुमार साहले भनेे, ‘केही दिन यता अत्यधिक जाडो बढेको छ । मानिसहरुलाई अत्यावश्यक कामले बाहिर निस्कन समेत समस्या छ । निस्किएकाहरुले पनि यो चोक चौतारामा बालेकेको आगोमा हात सेकाउन समेत पाएका छैनन् ।’

‘हामीले यसो आगो ताप्ने व्यवस्था गरिदिनु पर्‍यो भनेर दाउरा माग्दा लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खडकाले सम्भव नै नभएको जवाफ दिए’, स्थानीय सुनिल कुमार साह भन्नुहुन्छ, ‘सुरुमा मैले डिएफओ सापलाई फोन गरें, चिसो बढ्यो आगो ताप्नका लागि दाउरा उपलब्ध गराई दिनु पर्‍यो भनेर । उहाँले नगरपालिका वा मेयरले नभनी हुँदैन । त्यहाँबाट सिफारिस लिएर आउनुभयो भने दिन्छौं भन्नुभयो । तर मेयरसापसँग कुरा गर्दा दाउरा सम्भव नै छैन भन्ने जवाफ दिनुभयो मसँग कल रेकर्ड समेत छ आवश्यक परे सुनाउन सक्छु साहले भने।’

‘नागरीकलाई जाडोबाट बचाउनु मेयर र स्थानीय सरकारको दायित्व भएको भएपनि मेयरले नै त्यसरी सम्भव छैन भन्नु अत्यन्तै दुःखद हो । धनीमनिलाई त ठिकै होला, तर जोसँग जाडोमा लगाउने एकसरो लुगा समेत छैन उनीहरुलाई गाह्रो भएको छ ।’विगतमा पनि चिसो र शितलहरबाट नागरीकलाई बचाउनु भन्दै ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाईन्थ्यो तर यसपटक किन हो जनप्रतिनिधि नै दाउरा चाहियो आगो ताप्ने व्यवस्था गर्नुपर्‍योभन्दा पनि सम्भव छैन भन्छन् भने जनताको नजिकको सरकार भनेकै स्थानीय जनप्रतिनिधि हुन् । अब नागरीकले कस्को भर पर्ने र ! साहले प्रश्न गर्दै भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.