९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
मलंगवा नगरपालिकाको दलित बस्तीमा विभिन्न सामग्री वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मलंगवा नगरपालिकाको दलित बस्तीमा विभिन्न सामग्री वितरण

र्लाही,१४ फागुन । सर्लाहीको मलंगवा नगरपालिका स्थित दलित बस्तीमा विभिन्न किसिमको सामग्री वितरण गरिएको छ । मलंगवा नगरपालिका वडा नं. ३ स्थित दलित बस्तीमा गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले पठाएको विभिन्न लुगाहरु तथा जुता प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।

गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाकोले विपन्न,दलित, पिछिडिएको क्षेत्र, तथा विपन्न बालबालिकाहरुको लागि विभिन्न किसिमको लुगा पठाएको हुदाँ जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार शनिवार मलंगवा नगरपालिकामा पातलो ज्याकेट ७० थान ,मोटो ज्याकेट १५ थान, टि सर्ट ८० थान तथा जुता ६५ थान गरी २ सय ३० जनालाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।

सर्लाहीको २० वटै पालिकाहरुमा लुगा वितरण गर्ने कार्यक्रम रहेको छ, बुधवार बागमती नगरपालिका बाट सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । लुगा वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, उप. अ.नि. का चन्दन कुमार झा, मलंगवा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष राम कैलाश साह, नेपाल रेडक्रस सोसाइटी मलंगवाका प्रतिनिधि राम किशोर पंडित,नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुर, लगायत विभिन्न व्यक्तिहहरुको उपस्थिति रहेको थियो । यस अघि पनि विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा जिल्ला विपद व्यवस्थापन समितिले ७ सय जना बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.