१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मण्डलको अध्यक्षतामा बहुजनको ३५ सदस्यीय कमिटि गठन – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

मण्डलको अध्यक्षतामा बहुजनको ३५ सदस्यीय कमिटि गठन

सर्लाही,२६ जेठ ।सर्लाहीको कबिलसी नगरपालिका वडा नं. २ स्कुल टोलमा बहुजन एकता पार्टी नेपालको टोल कमिटी गठन गरिएको छ । रघुनाथ मण्डलको अध्यक्षतामा बिहिवार ३५ सदस्यीय कमिटि गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा शिव नारायण सिंह ,शिव सरन मण्डल,सचिवमा सुजय मण्डल,कोसाध्य्क्षमा जगतारन मण्डल,सदस्यहरुमा धर्म कला ठाकुर लगायत ३५ सदस्यीय कमिटि गठन गरिएको बहुजन एकता पार्टी नेपालका बरिस्ठ नेता राजाराम पासवानले जानकारी दिनुभयो ।


यसैगरी बिहिवार नै वडा नं. १ मा अकलु मण्डलको अध्यक्षतामा ३१ सदस्यीय बहुजन एकता पार्टी नेपालको वडा कमिटी गठन गरिएको थियो । कमिटीको उपाध्यक्षमा जगरनथ पासवान,सुरेन्द्र मण्डल ,सुहागनी देबि मण्डल,सचिवमा अशोक पासवान ,सह–सचिवमा बिश्वास पन्डित ,कोशाध्य्क्षमा सुनैना साह ,सदस्यीयहरुमा धर्मकला ठाकुर ,मिना देबि साह व्यक्तिहरु छानिएको वरिष्ठ नेता पासवानले जनाएको छ । बहुजन एकता पार्टी नेपालले अहिले सर्लाहीमा भने तिब्र गतिमा संगठन बिस्तार गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.