११ आश्विन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिन जाँदा १६ जना घाइते – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिन जाँदा १६ जना घाइते

सर्लाही,४ माघ । सर्लाहीको हरिवन नगरपालिकामा यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिन जाँदा १६ जना घाइते भएका छन । मंगलवार सवा २ बजेको समयमा हरिवन नगरपालिका वडा नं. ९ नोचा स्थित पुर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको ना.५ख.५०५५ नं. को यात्रु बाहक बस आफै अनियन्त्रित भई पल्टिएको थियो ।

बस पल्टिदा १६ जना घाइते मध्ये ७ जनाको अवस्था मध्यम र ९ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घाइते हुनेहरुमा जिल्ला सुनसरी भन्टाबारी न.पा. ९ बस्ने बर्ष ४० को अरुण महताे, महोत्तरी बर्दिबास न.पा.२ बुद्दचोक बस्ने बर्ष ३६ की बिमला सेन्चुरी  रहेकाे छ ।

यसेतै लालबन्दी न.पा. ९ बस्ने बर्ष ३७ की सुधा खड्का खडकाकै छोरा अं. बर्ष४ को कृष खड्का,हरिपुर न.पा. २ चिताईन बस्ने बर्ष ६५ को रामपुजन कुमर,कुमरकै श्रीमती बर्ष ६५ की रमनी कुम, रौतहट चन्द्रपुर न.पा. ८ बस्ने बर्ष २५ की निल कुमारी राम ,लालबन्दी न.पा. ११ बस्ने बर्ष ६० की सिलादेबी ठाकुर, रौतहट राजपुर न.पा. २ बस्ने बर्ष ४० को राजदेब भगत भगतकै छोरा बर्ष ११ को रन्जन कुमारचौरसिया ,महोत्तरी बर्दिबास न.पा.११ बस्ने उज्वल गौतमकी छोरी बर्ष १९ की पुष्पा गौतम, सर्लाही बागमती न.पा.१० बस्ने मोहन आचार्यकी छोरी बर्ष १३ की अस्मिता आचार्य,हरिपुर न.पा. ५ बस्ने बर्ष ४८ की ठगनीदेवी चौधरी,वडा नं. ८ बस्ने बर्ष ७० की असिया देवी चौधरी, रौतहट गुजरा न.पा.३ बस्ने बर्ष २४ को सयफुरलाई देवान,लालबन्दी न.पा.९ बस्ने बर्ष ३७ को सुदिप खड्का रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत तथा प्रहरी निरीक्षक.कृष्ण गिरीले जानकारी दिए ।

घाइतेहरु मध्ये केहीको नमुना अस्पताल हरिवन पठाईएको छ भने मध्य केही घाइतेलाई बिरगंज पठाइएको सूचना अधिकृत गिरीले बताए । बस र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको सूचना अधिकृत गिरीले जानकारी दिए ।

 

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button