१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका सक्रिय पत्रकारहरुले बाडे २ हजार जनालाई सर्जिकल मास्क – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीका सक्रिय पत्रकारहरुले बाडे २ हजार जनालाई सर्जिकल मास्क

प्रेमनाथ पाैडेल
सर्लाही,४ माघ । सर्लाहीको मलंगवा नगरपालिकामा सर्लाहीका सक्रिय पत्रकारहरुले २ हजार जनालाई सर्जिकल माक्स वितरण गरेका छन ।

रिपोर्टर्स क्लब प्रदेश नं. २ का अध्यक्ष तथा लोकतन्त्र दैनिक पत्रिकाका प्रबन्ध निर्देशक बख्तियार अलि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का कोषाध्यक्ष विश्वनाथ ठाकुर, पत्रकार मनोज यादव, सुनिल राय लगायतका संचारकर्मीहरुको सक्रियतामा कोरोना बाट जोगाउन २ हजार जनालाई सर्जिकल माक्स वितरण गरेका छन ।

पत्रकारहरुले विभिन्न दाताहरु सँग आर्थिक सहयोग संकलन गरेर मलंगवा नगरपालिकाको मृख्य चोक चोकमा घुमि कोरोना भाईरसको संक्रमन बढन नदिन २ हजार जनालाई फेस मासक बितरण गरेको लोकतन्त्र दैनिकका सम्पादक मनोज यादवले बताए ।

विशेष गरी कोरोना भाईरस सम्बन्धि सचेतना फैलाउने उदेश्यले आफुहरुले सर्जिकल माक्स वितरण गरेको पत्रकार अलिले बताए । यसैगरी सोमवार मात्र पत्रकार अलिले ३० जना एकल,विधवा महिलाहरुलाई न्यानो कम्बल तथा चयबनप्रास वितरण गरेका थिए ।

जाडोमा केही हदसम्म भएपनि राहत महशुस गराउन र शरिर पनि स्वास्थ राख्ने उदेश्यले एकल महिलाहरुलाई न्यानो कम्बलको साथमा चवन्नप्राश र माक्स वितरण गरेको पत्रकार अलीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.