१२ असार २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिवनका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था

पुस ४ गते, मंगलवार ।। केही दिन यता बढेको चिसो र शितलहरका कारण जनजीवन प्रभावित भएपछि सर्लाहीको हरिवन नगरपालिकाले नगरका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

नगर विपद विपद व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद मैनालीको अध्यक्षता तथा नगरप्रमुख मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख अतिथ्यतामा बसेको नगर विपद व्यवस्थापन समितिको बैठकले नगरका पुरानो बजार चोक, महादेव जनता मावि चोक, सगुन सहकारी अगाडि, पूर्व वसपार्कको प्रहरी बिट निर, स्वाभिमान अस्पताल अगाडि, मेघा बैंक अगाडि, कार्की पुस्तक पसल अगाडि आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । समितिको वैठकले नगरका अन्य स्थानमा पनि आवश्यकता अनुसार थप आगो ताप्ने व्यवस्था मिलाउदै लगिने निर्णय गरेको हरिवन नगरपालिकाले जनाएको छ ।

विपद व्यवस्थापन समितिको बैठकमा बोल्दै सरोकारवालाहरुले नगरमा भएका सीमित स्रोतसाधनको उपयोग गरेर जनतालाई राहत दिनुपर्ने बताउनुभएको थियो । वैठकमा स्थानीय शिवेश्वर सामुदायिक वनका अध्यक्ष बद्री बराल र बालगगा सामुदायिक वनका अध्यक्ष केशव मैनालीलगायतका सरोकारवालाहरुले नगरका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन दाउरा उपलब्ध गराउने बताउनुभएको छ ।

नगरका विभिन्न स्थानमा नगरवासीलाई चिसोबाट राहत दिने उदेश्यले आगो ताप्ने व्यवस्था मिलाईने भएपछि हरिवनवासीले खुशि व्यक्त गरेका छन् । उनीहरुले जाडो, वर्खा वा अन्य महामारीमा समेत नगरपालिकाले नगरवासीलाई राहत हुने काम गरेको भन्दै खुशि व्यक्त गरेका हुन् ।

विपत व्यवस्थापन समितिको निर्णयपश्चात मंगलवार नै ठाउँठाउँमा आगो बाल्न सुरु गरिएको छ । त्यसरी ठाउँठाउँमा बालिने आगोका कारण नगरवासीलाई यो चिसोमा ठुलो राहत हुने स्थानीयको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.