२६ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
प्रदेशको नाम र राजधानी घोषणा भएपछि मलंगवामा संयुक्त जुलुस, गोडैतामा दिपावली – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रदेशको नाम र राजधानी घोषणा भएपछि मलंगवामा संयुक्त जुलुस, गोडैतामा दिपावली

मलंगवा,४ माघ । सोमबार प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस ’ र राजधानी ‘जनकपुरधाम’ घोषणा भएको खुशीयालीमा मलंगवा नगरपालिकामा विजय जुलुस निकालिएको छ भने गोडैता नगरपालिकामा दिपावली मनाइएको छ ।जसपा नेपाल, लोसपा नेपाल र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा मंगलवार मलंगवा नगरपालिकामा भब्यता साथ बिजय जुलुस निकालिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य अशोक कुमार यादव र गौरी नारायण साहलाई बिशेष सम्मान समेत गरिएको जसपा नेपालका नेता विरेन्द्र यादवले बताए । विजय जुलुस मलंगवा नगरपालिका वडा न–१० स्थित सहिद चौकबाट सुरु गरि नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सहिद पार्कमा पुगेर त्यहाँ रहेको मधेश आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरि जुलुस सम्पन्न गरिएको थियो।

यसैगरी सर्लाहीको गोडैता नगरपालिकामा पनि प्रदेशको नाम ‘मधेस ’ र राजधानी ‘जनकपुरधाम’ घोषणा भएको खुशीयालीमा दिपाली मनाइएको छ । गोडैता नगरपालिका वडा नं. १० सिसौटिया बजार चौकमा दिप प्रज्जवलन गरी सहिदहरुलाई सम्झेर दिपावली समेत गरिएको स्थानिय चन्द्रकुमार पट्टेलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.