
सर्लाही,७ माघ । सलाह ीको चन्द्रनगर गाउँपालिकामा २ सय ७० जना व्यक्तिहरुलाई न्यानो कम्बल वितरण हुने भएको छ । गाउँपालिकाले प्रत्येक वर्ष शितलहरको समयमा जाडो तथा शितलहर बाट जोगिन एकल महिला, विधवा, विपन्न नागरिक,जेष्ठ नागरिकलाई तथा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गर्ने गरेको छ ।
सोहि अनुरुप यस वर्ष पनि चन्द्रनगर गाउँपालिकाले कम्बल वितरण गरिरहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले बताउनुभयो ।आज भने वडा नं. एकल महिला, विधवा, विपन्न नागरिक,जेष्ठ नागरिकलाई तथा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण भैरहेको छ । आज मात्र १० जनालाई कम्बल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
यस वर्ष माघ २ गते देखि सातै वटै वडाको सिफारिसमा कम्बल वितरण भैरहेको छ , हाल सम्म वडा नं. ३ मा २१ जना, वडा नं. ६ मा ३० जना, वडा नं. ७ मा २५ जना एकल महिला, विधवा, विपन्न नागरिक,जेष्ठ नागरिकलाई तथा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण भैसकेको गाउँपालिकाका अधिकृत छैठो कृष्ण प्रसाद आचर्यले जानकारी दिनुभयो ।