१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
तीन महिने सिलाइ कटाई तालिम सुरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

तीन महिने सिलाइ कटाई तालिम सुरु

श्यामल कुमार गिरी
बारा,९ माघ ।बाराको करैयामाई गाउंपालिकामा तीन महिने सिलाइ कटाई तालिम सुरु भएको छ । मानव कल्याण जिल्ला समिति देवताल ४ बाराको आयोजना तथा करैयामाइ गाउँ पालिकाको सहयोगमा सिप सिकौ आत्मनिर्भर बनौ“ मुल नाराका साथ महिलाहरुको लागि ३ महिने सिलाई काटाइ तलिम आइतवार बाट सुरु भएको छ। आइतवार एक कार्यक्रमको आयोजना गरी तालिमको उदघाटन करैयामाइ गाउँ पालिका उपाध्यक्ष चित्रलेखा चौधरीले गरेकी थिइन ।

देशको आधी जनसंख्या ओगटेको महिला पुरुष भन्दा कम छैन त्यसको परिणाम स्वरूप देशका पहिलो ब्यक्तिको रुपमा राष्ट्रपटिलाई लिन सकिन्छ घर र देश चलाउन महिलालाइ आत्मनिर्भर बन्न जरुरी रहेको उपाध्यक्ष चौधरीले बताईन ।

करैयामाइ पालिकाको महिला अन्य पालिका भन्दा पनि कम छैन, यो पालिकाको महिलालाइ आत्मनिर्भर बनाउनको लागि नै यो सानो सिलाइ कटाइ तालिमको आयोजना गरिएको उपाध्यक्ष चौधरीले बताईन ।

सिलाइ कटाई उद्घाटन कार्यक्रमा प्रमुख अतिथी करैयामाइ गाउँ पालिका प्रशासकीय अधिकृत उदय शंकर चौधरी,प्रशिक्षक सरिता कुमारी लगायतका व्ययक्तिहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.