१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा जुवा तास खेलिरहेको अवस्थामा लाखौँ नगद सहित १२ जना पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा जुवा तास खेलिरहेको अवस्थामा लाखौँ नगद सहित १२ जना पक्राउ

सर्लाही,१२ माघ । सर्लाहीको बागमती नगरपालिका बाट १२ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन । गए राति वडा नं. ३ बस्ने ढलक बहादुर तमाङगको घरमा जुवा तास खेलि रहेको सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय हरिवनले नगद रु.४ लाख ८४ हजार ५० रुपैया सहित १२ जना जुवाडे पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बागमती नगरपालिका वडा नं.३ बस्ने बर्ष ३९ को गौरिशंकर साह, बर्ष ३४ को संचर घिसिङ, बर्ष ३४ को जित बहादुर बम्जन रहेका छन । त्यस्तै बसवरीया गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३३ को रामज्ञान राय, बर्ष ३२को सन्तोष साह, बर्ष ५० को छेदु साह रहेका छन ।

यसैगरी हरिवन नगरपालिका वडा नं.१० बस्ने बर्ष ३२ को साजन पौडेल, बर्ष २८ को प्रकास अधिकारी, बर्ष ५७ को अर्जुन के.सी. रहेका छन भने बरहथवा नगरपालिका वडा नं.५ बस्ने बर्ष २८ को जुनैन अंसारी, वडा नं. १० बस्ने बर्ष २९ को रामबिर चौधरी रहेका छन । १२ जना जुवाडे मध्ये ११ जना सर्लाहीकै रहेको र एक जना रौटहट स्थित चन्द्रपुर न.पा.१ बस्ने बर्ष ५१ को दिल बहादुर लामा रहेको जिल्ला प्रहरी कार्याय सर्लाहीका सूचना अधिकृत(डिएसपी) माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

पक्राउ परेका १२ जनै जुवाडेहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय हरिवनमा ल्याई थप अनुसन्धान कार्य भई रहेको डिएसपी बुढाठोकीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.