२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनमत पार्टीले प्रदेश सांसदको अनुमोदन रेटिङ्ग मतदान ग¥यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जनमत पार्टीले प्रदेश सांसदको अनुमोदन रेटिङ्ग मतदान ग¥यो

सर्लाही,२ भदौ । जनमत पार्टीले प्रदेश सभा सदस्यहरुको अनुमोदन रेटिङ्ग मतदान गरेको छ । जनमत पार्टीले शनिवार सर्लाही सहित मधेश प्रदेश तथा अन्य विभिन्न प्रदेशमा प्रदेश सांसदले गरेको कामलाई समेटर अनुमोदन रेटिंगको मतदान कार्य सम्पन्न गरेको छ । अनुुमोद रेटिङ्ग मतदानले जनमत पार्टी बाट निर्वाचित सांसदहरुले हाल सम्म गरेको कार्य मुुल्यांकनको लागि गर्ने मतदान प्रक्रिया रहेको जनमत पार्टीले जनाएको छ ।

सोही अनुरुप सर्लाही निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (ख) तर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हसिना खातुनको पनि अनुमोदन रेटिङ्ग मतदान भएको छ । जनमत बाट निर्वाचित जनप्रतिनिधिहरुले गरेको विकास निर्माण तथा अन्य कार्य संतोष जनक गरेको नगरेको मुल्यांकन गर्न मतदान गरिएको जनमत पार्टीका नेता हरि प्रसाद देवकोटाले जानकारी दिए।

हरिपुर नगरपालिकाको महाविर जन्ता उच्च माध्यमिक विद्यालयको फिल्डमा शनिवार बिहान अनुमोदन रेटिङ्ग मतदान भएको निर्वाचन अधिकृत श्रीचन यादवले जानकारी दिनुुभयो । अनुमोदन रेटिङ्ग मतदानमा जम्मा १७ वटा मत खसेको थियो, जस मध्ये प्रदेश सांसद खातुुनको पक्षमा ८ मत र विपक्षमा ८ मत र १ मत बदर भएको निर्वाचन अधिकृत यादवले जानकारी दिनुुभयो ।

अनुमोदन रेटिङ्ग मतदानमा जनमत पार्टीको केन्द्रिय सदस्य, जनप्रतिनिधिहरु जिल्लाका प्रतिनिधि र प्रतियासी उम्मेदवार गरी जम्मा १७ जनाले मतदान गरेको निर्वाचन अधिकृत यादवले निगरानी टुुडेलाई जानकारी दिनुुभयो । जनमत पार्टी सर्लाही जनमत पार्टी बाट निर्वाचित निर्वाचन छेत्र नम्बर १(ख) अनुमोदन मुल्यांकनको मत परिणाम अनुसार खातुनको मत सन्तोष जनक रहेको र खसेको मतको ५१÷ प्रतिशत मतभार ल्याएको कारणले प्रदेश सांसद खातुन निर्वाचित भएको निर्वाचन अधिकृत यादवले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.