१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा बलेरो गाडी आफै अनियन्त्रि भई पल्टिँदा गाडीमा सवार २१ जना घाइते – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा बलेरो गाडी आफै अनियन्त्रि भई पल्टिँदा गाडीमा सवार २१ जना घाइते

सर्लाही,२४ माघ । सर्लाहीमा बलेरो गाडी आफै अनियन्त्रि भई पल्टिँदा गाडीमा सवार २१ जना घाइते भएका छन । गए बेलुका बाग्मती न.पा. ४ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको ना. ५ ज. २३४९ नं.को सामान बोक्ने बलेरो गाडी आफै अनियन्त्रि भई पल्टिँदा गाडीमा सवार २१ जनै घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा बाग्मती न.पा.११ बस्ने शिव बि.क.की छोरी बर्ष १८ की सिता बि.क, वडा नं. ४ बस्ने बर्ष ३१ को गणेश बि.क, लालबन्दी न.पा. २ बस्ने बर्ष २१ की सुनिता खत्री रहेकी छन ।

यस्तै सबैभन्दा बढि घाइते हरिवन नगरपालिकाको रहेको प्रहरीले जनाएको छ । घाइतेहरु हरिवन १० बस्ने श्याम परियारकी छोरी बर्ष १७ की शर्मिला परियार , बलराम बि.क.की छोरी बर्ष १३ की सन्ध्या बि.क, श्याम परियारकी छोरी बर्ष १४ की सलिना परियार ,सागर बि.क.की छोरी बर्ष १६ की सुजता बि.क, वडा नं. ११ बस्ने बर्ष ३० की रिता बि.क. ,बर्ष ४६ को अभिमान मक्रानी ,बर्ष ३० को सुजन बरैली,े बर्ष ३६ को गोबिन्द गदौली, वडा नं. १० कै कर्ण बि.क.की छोरी बर्ष १६ की आशिका बि.क, शिव बि.क.की छोरी बर्ष १६ की रिता बि.क.रहेको प्रहरीले जनाएको छ।

त्यस्तै सिन्धुली तिनपाटन गा.पा. ४ बस्ने बर्ष २५ को रण बहादुर बि.क., ढुङ्ग्रेबास न.पा. ४ बस्ने हरि बि.क.की छोरी बर्ष १४ की रजिना बि.क.,.तिनपाटन गा.पा.३ बस्ने केदार बि.क.की छोरी बर्ष १० की कृतिका रोक्का , बर्ष ५० की कबिता बि.क. , सिन्धुली ढुङ्ग्रेबास न.पा. १२ बस्ने बर्ष ६० की बिकलती बि.क. , ईन्द्र बि.क.की छोरी बर्ष १४ की संगिता बि.क., सिन्धुली बस्ने बर्ष २९ को गोपि बि.क.सिन्धुली बस्ने ईन्द्र बि.क.की छोरी बर्ष १५ की प्रगती बि.क रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । दुर्घटना हुने बलेरो गाडी प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय हरिवन मा राखिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.