१२ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वामा ३ सय २० जना विपन्न नागरिकलाई न्यानो कम्बल वितरण हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर्वामा ३ सय २० जना विपन्न नागरिकलाई न्यानो कम्बल वितरण हुने

सर्लाही,२५ माघ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा ३ सय २० जना विपन्न नागरिकलाई न्यानो कम्बल वितरण हुने भएको छ । वडा नम्बर ५ मा आज एक कार्यक्रमको आयोजना गरी १ सय जना एकल महिला,ज्येष्ठ नागरिक,दलित ज्येष्ठ नागरिक तथा पुर्ण अपागलाई शितकालिन उपहार स्वरुप कम्बल बितरण गरिएको छ ।

हरिपूर्वा नगरपालिका ५ को वडाध्यक्ष बिजय कुमार यादबको अध्यक्षतामा शुरु गरिएको कम्बल बितरण कार्यक्रममा कार्यक्रमका प्रमुख आतिथी नगर प्रमुख सियाराम रायले वडा नं. ५ बस्ने बलदेव ठाकुरलाई कमबल ओढाई सम्मान गरी कार्यक्रम सुरु गर्नुभएको थियो ।

साबिकको वडा गत रुपमा बाँकी रहेका लक्षित बर्गलाई बोलाएर कमबल दिइने वडाध्यक्ष यादवले बताउनुभयो । आज साबिक वडा नं.३ न्यानो कम्बल वितरण गरिएको छ । क्रमश वडा नं.४, वडा नम्बर ७ को पाले आउने वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।

हरिपूर्वा वडा नम्बर ५ मा एकल महिला,ज्येष्ठ नागरिक,दलित ज्येष्ठ नागरिकहरुको संख्या बढि भएकोले कोरोना भाइरसको प्रोटोकल मिलाएर पालै पालो बितरण गरिने वडा सचिव चिरञ्जिवी बरालले बताउनुभयो ।कम्बल बितरण कार्यक्रममा वडा सदस्य राम सेबक राम,बिशेश्वर साह,राज्यलक्ष्मी देवी पत्रकार मुकेश झा,सहितको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button