३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही सहित देशैभरीका ७५३ स्थानिय निकायमा माओवादीको अधिबेशन सम्पन्न, हरिवनको अध्यक्षमा पन्त निर्बिरोध चयन – Nigrani Today
प्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाही सहित देशैभरीका ७५३ स्थानिय निकायमा माओवादीको अधिबेशन सम्पन्न, हरिवनको अध्यक्षमा पन्त निर्बिरोध चयन

प्रेमनाथ पौडेल
हरिवन,११ मंसिर । नेकपा माओवादी केन्द्रले शनिवार देशै भर एकसाथ ७ सय ५३ स्थानिय निकायको अधिबेशन सम्पन्न गरेको छ।नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले अधिबेशनको एकसाथ उदघाटन गर्नु भएको थियो ।

यसै बिच सर्लाहीको हरिवन नगरपालिका लगायत जिल्लाका २० ओटै स्थानिय निकायको सम्मेलन पनि उदघाटन सत्र सम्पन्न भएको छ भने दुई स्थानिय निकायमा नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

जिल्ला संयोजक कमल बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको नगर अधिबेशनको बन्द सत्रले अर्जुन पन्तको अध्यक्षतामा ६५सदस्य हरिवन नगरसमिति सर्ब सम्मत चयन गरिएको निर्बाचन समितिका संयोजक तथा प्रदेश दुई सदस्य श्याम बाबू कार्कीले जानकारी दिए ।

समितिको नयाँ नेतृत्वको उपाध्यक्षमा जमुना कुमारी पौडेल (पराजुली),पद्दमा मोक्तान , जयमान पाख्रिन,कोषाध्यक्षमा जगदेव महतो,सचिवमा गौरी महतो, सह–सचिवमा बिबेक मैनाली लगायत अन्य सदस्य रहेकोे छ ।

सचिव पदका लागि सामन्य बिबाद भए पनि पछि सर्बसम्मत गरिएको निर्बाचन संयोजक कार्कीले बताए ।यसै बिच अर्जुन पन्त ,सत्यकला राई लगायत ६जना प्रदेश प्रतिनिधि चयन गरिएको छ।

त्यस्तै हरिपुर नगरसमितिको अध्यक्षमा शुनिल बुढाथोकी अध्यक्ष रहेको ६५सदस्य नगर समिति चयन गरिएको छ अन्य स्थानिय निकाय हरुमा पनि उदघाटन सत्र सम्पन्न भएको र बन्द्द सत्र चलिएको नेकपा माआवादी केन्द्र सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.