९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
डेंगी नियन्त्रणका लागि सर्लाहीमा औषधी छिट्न शुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

डेंगी नियन्त्रणका लागि सर्लाहीमा औषधी छिट्न शुरु

सर्लाही,२५ असोज । ‘खोजौं र नष्ट गरौं’ भन्ने नाराका साथ सर्लाहीको हरिवन नगरपालिकामा लामखुट्टे मार्ने औषधी छिट्न सुरु गरिएको छ ।पछिल्लो समय हरिवनसहित देशभर डेंगीको संक्रमण फैलिएको भन्दै त्यसको नियन्त्रण तथा रोकथाम गर्ने उदेश्यले यहाँ पनि स्प्रे गरिएको हो ।

पुरै नगरलाई नै स्प्रे गर्ने अभियान अन्तर्गत पहिलो दिन आज हरिवन नगरपालिकाको वडा नम्बर ११ को हरिवन बजारका विभिन्न स्थानहरुमा औषधी छिटिएको छ । औषधी छिट्न नगरपालिकाको स्वास्थ्य शाकाका स्वास्थ्यकर्मीसँगै वडा अध्यक्ष शेख मेहबुब रेजा आफै खटिनु भएको छ ।

उहाँले नगरपालिकाको एम्बुलेन्समा बसेर आफैले लामखुट्टे मार्ने औषधि छिट्नु भएको छ ।डेंगी रोग नियन्त्रण तथा रोकथामको प्रमुख उपाय भनेकै सर्च एण्ड डिस्ट्रोय अर्थात लामखुट्टे बस्ने वास स्थान र त्यसको लार्भा नष्ट गर्नु भएकोले औषधि छिटिएको नगर स्वास्थ्य शाखाका प्रमुख शशीकान्त सिंहले बताउनुभयो ।

‘खोजौं र नष्ट गरौं’ अभियानको सुरुवात स्वरुप हरिवन बजारका विभिन्न स्थानमा औषधी छिट्ने काम गरिएको वडा अध्यक्ष शेख मेहबुव रेजाले बताउनुभयो ।खोजौंं र नष्ट गरौं अभियान नगरभरी नै सञ्चालन गर्ने तयारी गरिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले बताउनुभयो ।

उहाँले घर वरपर रहेका खाली बोटल, टायर तथा फोहोरहरु लामखुट्टेको बासस्थान भएकोले ती स्थानहरु सफा गर्नु पर्ने बताउनुभयो । त्यस्तै उहाँले घरमा राखिएका गमला, नावरको पानीमा समेत लामखुट्टेले फुल पार्ने भएकोले ती स्थानहरुमा पानी जम्न नदिन नगरवासीलाई आग्रह गर्नुभयो ।एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट डेंगी रोग लाग्ने गर्दछ । हरिवनमा डेंगी संक्रमितहरुको यकिन तथ्यांक नभएपनि ३०÷३५ जनाभन्दा बढी या घटी पनि हुन सक्ने नगर स्वास्थ्य शाखाको अनुमान रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.