१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पालिका स्तरीय खोप कार्यक्रममा हरिवन मधेश प्रदेशको टपटेनमा – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

पालिका स्तरीय खोप कार्यक्रममा हरिवन मधेश प्रदेशको टपटेनमा

सर्लाही, ६ फागुन । पालिका स्तरीय खोप कार्यक्रममा सर्लाहीको हरिवन नगरपालिका मधेश प्रदेशका २३६ पालिकामा टपटेनभित्र पर्न सफल भएको छ भने समग्र खोप कार्यक्रममा प्रदेशमै टप सेवेनभित्र पर्न सफल भएको छ ।

शुक्रबार सकिएको २ दिने पालिका स्तरीय खोप कार्यक्रमको समीक्षा तथा खोप समन्वय समितिको अभिमुखिकरण र योजना अध्यावधिक गोष्ठीका अवसरमा सो कुरा जानकारी गराइएको हो ।

नगर स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीको सहजीकरण गर्दै नगर स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंहले नगरमा सञ्चालित खोप कार्यक्रमको अर्धवार्षिक प्रगतिबारे जानकारी दिँदै यो अवधिमा खोप कार्यक्रमको प्रगति ५० प्रतिशत हुनुपर्नेमा लक्ष्यभन्दा माथि ५३ प्रतिशत रहेको जानकारी दिएका छन् ।

उनले हरिवनमा कोरोना भाईरस विरुद्धको खोपको कभरेज प्रतिशत ८२ दशमलव १ रहेको बताए । उनले यसै तथ्यांकको आधारमा हरिवन नगरपालिका मधेश प्रदेशका २३६ पालिकामध्ये टपटेनभित्र पर्न सफल भएको बताए । त्यस्तै समग्र खोप कार्यक्रममा हरिवन नगरपालिका टप सेवेनभित्र पर्न सफल भएको स्वास्थ्य संयोजक सिंहको दाबी रहेको छ ।

गोष्ठीको पहिलो दिन बिहीबार पालिका स्तरीय खोप कार्यक्रम अन्तर्गत नगरका चारओटै हेल्थपोष्टले हासिल गरेका प्रगतिबारे जानकारी गराइएको थियो । जसमा यस आर्थिक वर्षको ६ महिनाको अवधिमा हरिवन हेल्थपोष्टले ५० प्रतिशित, सासापुर हेल्थपोष्टले ६३ प्रतिशत, अत्रौली हेल्थपोष्टले ४९ प्रतिशत र घुर्कौली हेल्थपोष्टले ५३ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.