९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
पर्सा जलवायू उत्थानशील खानेपानी रणनीति जारी गर्ने जिल्लाकै पहिलो पालिका – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

पर्सा जलवायू उत्थानशील खानेपानी रणनीति जारी गर्ने जिल्लाकै पहिलो पालिका

सोम दियाली
सर्लाही,६ फागुन। दक्षिण पूर्वमा अवस्थित भारतीय सीमासँग जोडिएको पर्सा गाउँपालिकाले जलवायू उत्थानशील खानेपानी रणनीति २०७८–२०८७ जारी गरेको छ । जिल्लाका २० पालिकामध्ये जलवायू उत्थानशील रणनीति जारी गर्ने पर्सा गाउँपालिका जिल्लामै पहिलो पालिका समेत बनेको छ ।

गाउँपालिकाले अवलम्वन गरेको रणनीति अनुसार नेपालले अवलम्बन गरेको रणनीति एसएनभी नेपाल काठमण्डौं र ग्रामीण नारी उत्थान संघ हरिपुरले तयार पारेको हो ।
समावेशी तथा दिगो ग्रामीण खानेपानी सुविधा कार्यक्रम अन्तर्गत सो रणनीति संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्या अनुसार नै विज्ञहरुको सहयोगमा तयार गरिएको एसएनभी नेपालकी सर्लाही जिल्ला को–अर्डिनेटर अम्बिका यादवले बताईन् ।

को–अर्डिनेटर यादवका अनुसार रणनीति तयारीका क्रममा गाउँपालिका भित्रका ६ प्रतिशत हातेकल तथा ट्युवेलहरुको पानीको नमूना संकलन गरिएको थियो । संकलित नमूना परिक्षणका क्रममा पर्सा गाउँपालिकामा ९८.१ प्रतिशत खानेपानीको अवस्था निम्नस्तरको रहेको पाइएको छ ।

पर्सा गाउँपालिकामा रहेका चार हजार ११९ हातेकलमध्ये एक हजार १५० मा मात्रै प्लेटफार्म रहेको पाइएको रणनीति योजना हस्तान्तरणका क्रममा जानकारी गराइएको थियो । उनले गाउँपालिकाका सबै घरपरिवारमा शुद्ध पिउने पानीको पहूँच पु¥याउन सुरुमा प्लेटफार्म नभएका कलहरुमा प्लेटफाम बनाउन सुरु गरेर रणनीति कार्यान्वयन सुरु गर्नुपर्ने बताईन् ।

५६ पृष्ठमा समेटिएको रणनीति योजनाबारे जानकारी दिँदै एसएनभी नेपालकै ईन्जिनियर शोभा केसीले जारी रणनीति सन् २०३० सम्म नेपालले हासिल गर्ने दिगो विकास लक्ष्य अनुरुप नै तयार गरिएको बताईन् ।

उनले रणनीति अनुसार पर्सा गाउँपालिकाका कुल तीन हजार ३४२ घरधुरी मध्ये सन् २०२५ सम्ममा २५ सय घरधुरीलाई उच्च स्तरको पिउने पानी उपलब्ध गराईनेछ भने सन् २०३० सम्ममा गाउँपालिकाका सबै घरधुरीलाई उच्चस्तरको पिउने पानी उपलब्ध गराउने गरी रणनीति तयार गरिएको छ ।

उनले गाउँपालिकाले सञ्चालन गर्ने खानेपानीको योजनाहरुको दिगोपनाका लागि खानेपानीको स्रोतको सुरक्षामा ध्यान दिनुपर्ने, एक घर एक धाराको अवधारणा अनुरुप नै काम गर्नु पर्ने सुझाईन् ।

शुक्रबार गाउँपालिका अध्यक्ष किशुनदेव रायको अध्यक्षतामा ग्रामीण नारी उत्थान संघकि अध्यक्ष गोमा न्यौपाने लगायत विभिन्न सरोकारवालाहरुको बैठकराखी रणनीति योजना गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।

एसएनभी नेपाल र ग्रामीण नारी उत्थान संघले गाउँपालिकाको स्थलगत अध्ययनपछि विज्ञहरुको सहयोगमा रणनीति तयार गरि गाउँपालिकालाई बुझाएकोप्रति गाउँपालिका अध्यक्ष राय, उपाध्यक्ष चन्द्रकलादेवी साह, विभिन्न वडाका वडाअध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु र गाउँपालिकाका कर्मचारीहरुले खुशि व्यक्त गरेका छन् । उनीहरुले साझेदार संस्थाले तयार गरेको रणनीति अनुरुप नै आफूहरु अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.